१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

लक्ष्मण थारु र सुरेन्द्र थारुसहित ५० जनाभन्दा बढि नागरिक उन्मुक्ती पार्टीमा प्रवेश

लक्ष्मण थारु र सुरेन्द्र थारुसहित ५० जनाभन्दा बढि नागरिक उन्मुक्ती पार्टीमा प्रवेश
अ अ+ अ-

काठमाडौं, १२ असार । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । देशको भाग्य र भविष्य अब यही पार्टीले बनाउने भन्दै उनीहरु उक्त पार्टीमा प्रवेश गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै थारुसहित थरुहट थारुवान राष्ट्रिय मोर्चा दाङका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरीसहित ५० जनाभन्दा बढी आज नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

यसरी पार्टी प्रवेश गर्नेहरुमा रामकुमार चौधरी, मोहनलाल चौधरी, बिन्दु चौधरी, सीताराम चौधरी, गणेश चौधरी, रन्जित चौधरी, बासुदेव चौधरी, लोकबहादुर लौहार, राजीब कार्की, रामलाल थारु, मोतीलाल चौधरी, जगत चौधरी, शिवलाल चौधरी, दीपक चौधरी, सकुन्तला विक, भरत विकलगायत रहेका छन् । रौतहटबाट मनोज चौधरी र कृष्णकान्त चौधरी पनि पार्टी प्रवेश गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य रामलाल दमला थारुले हिमाल, पहाड र तराईका सबै नेपालीहरुको अधिकार प्राप्तिकोलागि स्थापना भएको स्पष्ट पारे । पछिल्लो समय पार्टीप्रति ठूलो आकर्षण देखिएको पनि उनको भनाई छ ।

नागरिक उन्मुक्ति पार्टी जन्मिएपछि शासक वर्गहरुको मनमुटुमा धक्का पुगेको उनको भनाई थियो । उनले आफ्नो पार्टीले गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको सुनाए । उनले निर्वाचनमा पार्टीले पाएको सफलतालाई युगान्तकारी इतिहास कोर्न सफल भएको रुपमा दर्ज गरे ।

उनले सबै युवाको भविष्यका केन्द्रविन्दु भएकै कारण नागरिक उन्मुक्ति पार्टी प्रवेशमा लहर बढेको दाबी गरे । थारुले शोषण, दमन, अत्याचारमा परेका हजारौ व्यक्तिहरुको नजरमा आफ्नो पार्टी प्रिय भएको समेत जिकिर गरे ।

त्यस्तै, नवप्रवेशी सुरेन्द्र चौधरीले नागरिक उन्मुक्ति पार्टी राज्यले गरेको उत्पीडनको बिरुद्धमा स्थापना भएको भएको बताए । चौधरीले नेपालका नेताको कारण निर्दोष नेता रेशम चौधरी जेलमा बस्न बाध्य भएकोे पनि टिप्पणी गरे ।

उनले राज्यले सुनियोजित रुप्मा फसाएका राम्रा व्यक्तिहरु रेशम चौधरी र लक्ष्मण थारु आज एकै ठाउँमा जोडिएकोमा खुशी लागेको प्रतिक्रिया दिए । टिकापुर घट्नाको स्मरण गराउँदै उनले शान्तिपुर्ण आन्दोलनको क्रममा गैरराजनीतिक रुपले अनागरिकजस्ता विभिन्न ट्याग लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर रेशम चौधरीलाई थुनाएको टिप्पणी गरे ।

उनले रेशम चौधरीजस्तो निर्दोष र ईमानदार व्यक्तिलाई फसाउने नेताहरुलाई चुनौती दिन आफ्नो पार्टी तयार रहेको पनि बताए । उनले भने,‘अब हामी अभियान लिएर देशको यात्रामा हिँडेका छौं । राष्ट्र निर्माणको लागि जनजातीको भूमिका देखाउन आज नागरिक उन्मुक्ति पार्टी प्रवेश गरियो ।’

हिमाल, पहाड र तराईलाई नजोडिकन देशको विकास नहुने भन्दै उनले भने,‘हिमाल भनेको सम्पत्ति हो, तराई–मधेश खाद्यान्नको भण्डार हो। पहाड नगद हो । यी तीनकुरा नजोडिकन देश समृद्धिको यात्रामा जान सक्दैन् ।’

त्यस्तै, नवप्रवेशी लक्ष्मण थारुले कुनै अपराध नगरी आफुमाथि पनि सरकारले जन्मकैदको फैसला सुनाएको टिप्पणी गरे । उनले रेशम चौधरी निर्दोष भएको दाबी गरे ।

उनले टिकापुर घट्नामा थारुहरुले बच्चा र प्रहरी मारेको प्रमाण नभएको भन्दै वास्तविक दोषीलाई जोगाएर निर्दोष रेशम चौधरीलाई फसाएको बताए । उनले भने,‘टिकापुर घटनाको वास्तविक दोषीलाई कारबाही गर्नुपर्छ, रेशम चौधरीसँग घटनाको समयमा कुनै हतियार थिएन । राज्यले झुट्टा मुद्दा लगाएर फसायो, थारुले राजनीति गर्न नपाउने हो ?’ उनले रेशमसँगै जेलमा रहेका सात जना आन्दोलनकारी भएपनि हत्यारा नभएको दाबी गरे ।

आफु बदलाको भावको रुपमा नभई न्याय, समानता र अधिकारका लागि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको जानकारी दिए । थारुले न्याय माग्दै जादाँ नागरिक उन्मुक्ति पार्टीमा निशर्त प्रवेश गरेको र कुनै पनि जिम्मेवारी दाबी नगरेको समेत स्पष्ट पारे । उनले थरुहट र मधेश जस्ता विभिन्न आन्दोलनलाई बचाउने हो भने सबैले नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नुपर्ने धारणा राखे ।

नवप्रवेशी नेत्र जैशीले नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय स्वरुप लिन लागेको बताए । उनले न्यायको लागि सबै आफ्नो पार्टीमा गोलबद्ध हुन्पर्नेमा जोड दिए ।
उनले रेशम चौधरीलाई राज्यले निकास दिनुपर्ने बताए । जैशीले उपेक्षित समुदाय, व्यक्ति र पछि परेका सबैलाई समेट्नेगरि अघि बढ्ने विचारसहित आफु पार्टी प्रवेश गरेको सुनाए ।

पार्टी प्रवक्ता दामोदर पण्डितले गत स्थानीय चुनावमा पार्टीको चिन्ह लिएर फिल्डमा खटिँदा निकै गाह्रो भएको सुनाए । उनले भने,‘न्यायको एजेण्डा र विचार बोेकेर अघि बढेपछि अलिकति भएपनि सफलता पाइयो ।’

उनले गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा सात पालिकामा मेयर÷उपमेयरसहित विभिन्न पदमा ९९ जना पार्टीबाट निर्वाचित भएको जानकारी दिए । उनले भजनीमा प्रमुख, टिकापुर नगरपालिकामा प्रमुख, जानकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ज्योतीपुर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष विजयी भएको सनाए । अब आउने संघीय र प्रदेशको चुनावमा पनि धेरै स्थानमा पार्टीले जित हासिल गर्ने उनले विश्वास व्यक्त गरे ।

पण्डितले रेशम चौधरी आज व्यक्ति नभई मुद्दा, माग र पहिचान भएको टिप्पणी गरे । राज्यले गरेको विभेदविरुद्ध जन्मिएको पार्टीको स्थापना भएको सुुनाउदै रेशम चौधरी थारु भएकै कारणले अन्यायमा परेको बताए ।

उनले रेशमको न्यायको लागि आफ्नो पार्टीलाई आगामी चुनावमा मतदान गर्न पनि आग्रह गरे । उनले भने,‘संघको निर्वाचनमा सबै आदिवासी, उपेक्षित, जनजातीहरुले मतदान गर्नुहोस्, आज निर्दोष व्यक्ति जेलमा छ ।’ टिकापुर घटना आफुले प्रत्यक्ष देखेको भन्दै उनले रेशम चौधरी निर्दोष रहेको पनि दाबी गरे । उनले ०७२ सालको उक्त आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएको स्पष्ट पारे । उनले रेशम चौधरीलाई बहुमुखी प्रतिभाको धनी व्यक्तिको रुपमा चित्रण गरेका थिए ।

पार्टी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले टिकापुर घटना राजनीतिक घट्ना भएको उल्लेख गर्दै रेशम चौधरी निर्दोष हुँदाहुँदैपनि जेलमा राखिएकोमा गुनासो पोखिन् । उनले यो घट्नाका दोषीहरुलाई राज्यले जोगाएको आरोप लर्गान् ।

उनले देशका नागरिकहरुमाथि राज्यबाट गरिएको थिचोमिचोले मुलुक अघि नबढ्ने पनि बताईन् । लक्ष्मण थारु र सुरेन्द्र थारु आज सदस्यको रुपमा प्रवेश गरेपनि पार्टीको बैठकले उपयुक्त जिम्मेवारी दिनेपनि उनले स्पष्ट पारिन् । उनले पार्टी प्रवेश गर्ने सबैलाई एकमुष्ट रुपमा धन्यवाद ज्ञापन गरेकी थिईन् ।