२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

कोरोना ‘ग्रिन जोन’तर्फ बागलुङ

कोरोना ‘ग्रिन जोन’तर्फ बागलुङ
अ अ+ अ-

बाग्लुङ । कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख ८ गतेदेखि निषेधाज्ञा र रेडजोनमा परेको बागलुङ सामान्यतर्फ जान थालेको छ । पचासी वडामध्ये अब दुई मात्रै रेडजोनमा छन् । शनिबार स्वास्थ्य कार्यालयले जारी गरेको कोरोनाको सङ्क्रमणग्राफले बागलुङ नगरपालिका–२ र ५ मात्रै रेडजोनमा परेका हुन् । तीबाहेक अन्य स्थान सामान्य भइसकेका छन् । वडा नंं २ मा १६ र वडा नंं ५ मा १३ कोरोनाका सक्रिय सङ्क्रमित छन् । वडा नंं २ मुख्य बजार र वडा नंं ५ मा बिहेभोज खाएकामा धेरै सङ्क्रमण देखिएको हो ।

अब बागलुङ –१, ३, ४, ६, ७ र ८ तथा वडा नंं १२, १३ र १४ मा केही सङ्क्रमित होम आइसोलेसनमा बाँकी छन् । नगरपालिकाभित्र कूल ४९ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारीदिनुभयो । सरकारले सात जनाभन्दा कम सङ्क्रमित भएमा त्यस्तो वडालाई पहेँलो, सात जनाभन्दा बढी सङ्ख्या सङ्क्रमित भएमा रातो चिह्न लगाउने प्रावधान राखेको छ । अब गलकोट नगरपालिका–११, काठेखोलामा पाँच, बरेङमा चार, जैमिनीमा एक र तमानखोलामा एक जना सक्रिय सङ्क्रमित बाँकी छन् । अन्य सबै वडालाई निलो रङ लगाइसकिएको छ ।

गत साउन तेस्रो सातादेखि भदौ १५ गतेसम्म निरन्तर निषेधाज्ञा गरेपछि जिल्लामा सङ्क्रमित घटेको हो । अझै पनि सुरक्षित रहनुपर्ने अवस्था भने बाँकी नै रहेको कार्यालयका प्रमुख सुरज गुरौले बताउनुभयो । “महामारीले संसारलाई समस्यामा पारेको बेला हामी सुरक्षित छौँ भन्न सकिएन, तर अहिले सचेत भएर काम गर्दा जोगिने अवस्था छ”, उहाँले भन्नुभयो, “भर्खरै ग्रिनजोन छ भन्दै गर्दा सङ्क्रमित थपिएर रेडजोन बन्न सक्छ ।” सरकारले ल्याएको स्मार्ट लकडाउन र निषेधाज्ञा व्यवस्थापन गर्ने नयाँ कार्यविधिले वातावरण सहज बनाउन भने सहयोग गरेको उहाँले बताउनुभयो ।

सरकारले सात जनासम्म सङ्क्रमित भएमा टोलमात्रै सिल गर्ने, त्यो भन्दा बढी भएमा वडा सिल गर्ने नीति लिएको छ । जसका कारण सङ्क्रमण नभएको वडा सञ्चालन गर्न सहज हुनेछ । यसअघि एक÷दुई जना सङ्क्रमित हुँदा जिल्ला नै निषेधाज्ञा गर्ने क्रमले मदजुर तथा विपन्न समुदाय बढी मारमा परेका थिए । चाडपर्वको समयमा गरिने भीड तथा राजनीतिक क्रियाकलापले हुने भीड सकेसम्म सानो बनाएर काम गर्दा सङ्क्रमणबाट बच्न सकिने धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलको भनाइ छ ।

“अहिले अस्पतालमा कोरोनाका सङ्क्रमित घटेका छन्, तर हामी उत्तिकै सचेत छौँ”, उहाँले भन्नुभयो, “जोखिम कम भएको बेला अस्पतालमा अन्य बिरामी, शल्यक्रिया गर्नुपर्ने तथा डायलायसिस सेवालाई प्रभावकारी बनाउन लागेका छौँ ।” सङ्क्रमण कम भए पनि कन्ट्रयाक्ट ट्रेसिङ, पिसीआर र एन्टिजेन्ट विधिबाट परीक्षण भने नरोकिने उहाँले बताउनुभयो । 

नगर स्वास्थ्य शाखा, गाउँस्वास्थ्य शाखा र अस्पतालबाट पनि नियमितरूपमा कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले त आकस्मिकरूपमा सडक, बजारका चोक तथा गल्लीमा पुगेर भेटिएका मानिसको एन्टिजेन्ट परीक्षणसमेत गराइरहेको छ ।