१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चित

सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चित
अ अ+ अ-

गोदावरी । आर्थिक ममिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले यही असार १ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरेको रु ३६ अर्ब ७४ करोड बराबरको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमा सत्ता र प्रतिपक्षी प्रदेशसभा सदस्यले असन्तुष्टि व्यक्त गरेपछि प्रदेशसभाको बैंठक अनिश्चित बन्न पुगेको हो । सत्तारुढ गठबन्धनमा रहेका दल, प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टीले संशोधनको माग गरेपछि प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

प्रदेश सरकारले विचौलियाको प्रभावमा परेर वित्तीय अनुशासनलाई उल्लङ्घन गरी बजेट ल्याएको भन्दै अधिकांश प्रदेशसभा सदस्यले बजेट संशोधनको माग गर्नुभएको थियो । सभामुख अर्जुनबहादुर थापाले सरकारको आग्रहमा ८ असारमा प्रदेशसभाको बैठक बोलाए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधि बजेटविरुद्ध एकजुट भएपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।

बजेटमाथि असन्तुष्टि जनाउँदै आएका सत्तापक्षकै सदस्यहरु मुख्यमन्त्री र अर्थमन्त्रीमाथि दबाब सिर्जना गर्न गठबन्धनका शीर्ष नेतालाई भेट्न काठमाडौँ पुगेपछि बैठक झनै अनिश्चित भएको छ । बहुमत सदस्य प्रदेशबाहिर भएकाले बैठक बस्ने सम्भावना न्यून रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र)का सदस्यसमेत बजेट सन्तुलित नभएको भन्दै गठबन्धनका शीर्ष नेताको ध्यानाकर्षण गराउन काठमाडौँ पुगेका नेताहरुले बताएका छन् ।