२५ भाद्र २०८३, बिहीबार
,
Latest
हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भातृत्वको सन्देश दिन सकोस् : मुख्यमन्त्री भट्ट



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अट्वारी पर्वले सामाजिक, सांस्कृतिक एकता तथा  भातृत्वको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उहाँले पर्वका अवसरमा थारू समुदायलगायत सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ  ।

“थारू समुदायले मनाउने विभिन्न पर्वमध्ये महत्वपूर्ण पर्व अट्वारीलाई आफ्नै मौलिकरूपले मनाउँदै आएका छन्”, मुख्यमन्त्री भट्टले भन्नुभयो, “यस्ता पर्वले प्रदेशमा सामाजिक एवं सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सकोस् भन्ने विश्वास लिएको छु ।” साथै उहाँले कोभिड–१९ बाट उत्पन्न परिस्थितिमा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई पर्वलाई खुशीयाली साथ मनाउन आग्रह समेत गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।