• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान ★   सन्दीपले अमेरिकी दूतावासबाट भिसा पाएनन् ★   स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन ★   टिप्ताला नाका खुलाउने तयारी

पार्टी नेतृत्वबाट राजीनामा दिएको हो, राजनीतिबाट होइन– रवीन्द्र मिश्र



रविन्द्र मिश्र (फाइल तस्वीर)

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले आफू राजनीतिबाट नबाहिरिएको बताएका छन् । आफूले विवेकशील साझा पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको भन्दै मिश्रले राजनीतिबाट राजीनामा नदिएको स्पष्ट गरेका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले भनेका छन्, “मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ। स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन।”

पार्टीमा रहेका १६३ जना केन्द्रीय सदस्यहरूले पार्टीलाई अगाडि लैजाने विश्वास लिँदै उनले आफू पार्टीको म साधारण सदस्य नै रहने बताए ।

“राजनीतिको मेरो एउटैमात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो। ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन।
कसरी त्यो संभव होला भन्ने मन्थनमै छु। मन्थनबाट निस्किएको निष्कर्ष लिएर उपस्थित हुने नै छु”, उनले भनेका छन् ।

सबैको साथ पाए निश्चय पनि लक्ष्यमा पुग्न सहज हुन्छ भन्दै नेता मिश्रले भने, “अन्यथा यो देशका लागि जे गर्दा राम्रो हुन्छ भन्ने लाग्छ, त्यसबारे विश्वास दिलाउन प्रयास गरि नै रहनेछु।