८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा

महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी

महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी
अ+ अ-

महेन्द्रनगर । नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट मूल नहरको काम प्रारम्भ भएको हो । भारतले नेपालको भूमिसम्म एक हजार २०० मिटर मूल नहर र हेडरेगुलेटरलगायत संरचना निर्माण गर्न झण्डै दुई दशक समय खर्चियो ।

केही समयअघि मात्रै भारतीय पक्षले सन्धि अनुसार बनाउनुपर्ने मूल नहर र संचरना तयार गरेपछि महाकालीको पानी मूल नहरमार्फत सिँचाइका लागि यहाँ आउने भएको हो । महाकाली सिँचाइ आयोजना तेस्रो चरणले यही असार १५ गते धान दिवसका अवसरमा मूल नहरमा पानी ल्याएर दिवस मनाउने तयारी गरिरहेको छ ।

भारतीय पक्षले भने मूल नहरअन्तर्गत आफूले निर्माण गरेको एक हजार २०० मिटर नहरमा पानी परीक्षण गर्न खोजिरहेको छ । “धान दिवसका दिन नहरमा पानी ल्याउने गरी भारतीय पक्षलाई पत्राचार गरेका छौँ”, आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले भन्नुभयो–“पानी ल्याउनेबारे छलफल र काम जारी छ ।”

भारतले निर्माण गरेको नहरमा पानी परीक्षण गर्न तीन/चार दिन लाग्ने जानकारी गराएको पण्डितले बताउनुभयो । भारतीय नेसनल हाइड्रोपावर कर्पोरेशन ९एनएचपीसी०ले पानी परीक्षणको तयारी गरेको छ । महाकाली सिँचाइले यसअघि ब्रह्मदेवदेखि करिब १३ किलोमिटर मूल नहर निर्माण गरिसकेको छ । थप १५ किलोमिटर नहर निर्माण कार्य अन्तिम चरणमा छ ।

पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा परेपछि उक्त आयोजनाको सक्रियता झन् बढेको छ । “साढे १८ किलोमिटर मूल नहर तयार भइसकेको छ”, इञ्जिनीयर पण्डितले भन्नुभयो–“साढे १२ किलोमिटरमा गौजी खोलामा स्केप छ, त्यही लगेर पानी फाल्छौँ ।” मूल नहरको २८ किलोमिटर तयार हुन एक दशकभन्दा बढी समय खर्च भइसकेको स्थिति छ । निर्माणाधीन १५ किलोमिटर मूल नहर ९शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली० सम्म तीन प्याकेजमा निर्माण भएपछि काम सम्पन्न हुनेछ । अहिले थप दश किलोमिटर मूल नहर निर्माणका लागि बोलपत्र प्रक्रिया समेत अघि बढेको पण्डितले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/८० का लागि सरकारले रु एक अर्ब २६ करोड विनियोजन गरेको आयोजनाले जनाएको छ । लामो समय मुआब्जा अल्झन्, रकम अभावलगायत कारणले नहर निर्माणमा ढिलाइ भएको थियो । पछिल्लो समय निर्माणले गति लिएको छ । मूल नहरसँगै करिब पाँच हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित शाखा नहर निर्माण प्रक्रिया अघि बढेको छ ।

आयोजनाले २२ शाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ । शाखा नहर निर्माणपछि भीमदत्त नगरपालिका, बेदकोट र शुक्लाफाँटा नगरपालिकाका केही क्षेत्रका किसानले सिँचाइ सुविधा पाउनेछन् । आयोजनाअन्तर्गत १५१ किलोमिटर नहर निर्माण भए कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रको ३३ हजार ५०० हेक्टर जमिनलाई सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ ।

हालसम्म आयोजनामा रु चार अर्ब खर्च भइसकेको छ । चुरेको फेदबाट निर्माण भइरहेको मूल नहरले कैलालीको मालाखेती र कञ्चनपुरको दक्षिण क्षेत्र पुर्नवासमा सिँचाइ पु¥याउने लक्ष छ । सन्धिअनुसार भारतले दोधारा–चादँनी नगरपालिकामा समेत सिँचाइका लागि ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने हो । तर त्यहाँ पनि भारतले शारदा नहरबाट नेपाल–भारत सिमानासम्म बनाउनुपर्ने मूल नहर र संरचना निर्माणमा ढिलाइ गरेको छ । नहर बनाउने कुनै सुरसार छैन ।

कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले महाकालीबाट पानी आए यहाँको उत्तरी भेगमा सिँचाइका लागि किसानलाई सहज हुने बताउनुभयो । “बेदकोटको माथिल्लो भेगमा पनि मूल नहर निर्माणको काम चलेको छ”, उहाँले भन्नुभयो, “माथिल्लो क्षेत्रसँगै दक्षिणी क्षेत्रमा पनि सिँचाइ सुविधा पुग्छ ।” हालसम्म धानखेती गरिहेका किसान सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । जिल्लामा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । रासस