२५ भाद्र २०८३, बिहीबार
,
Latest
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा आगलागी हुँदा तीन घाइते



फाईल फोटो
अ+ अ-

झापा । खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो । 

आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उहाँकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पङ्कज खनाल घाइते भएका र उहाँहरुको विराटनगरस्थित म्याक्स हस्पिटल उपचार भइरहेको प्रनाउ आचार्यले बताउनुभयो । घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको जनाइएको छ । 

बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । (रासस)