२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

भौतिक पूर्वाधार र विकास निर्माणको अनुगमन

भौतिक पूर्वाधार र विकास निर्माणको अनुगमन
अ अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेका भौतिक पूर्वाधार र विकास निर्माणको अनुगमन गरिएको छ । प्रदेशको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिका पदाधिकारीको टोलीले कैलाली र कञ्चनपुरमा तटबन्ध र सडक निर्माणको अनुगमन गरेको हो । 

दुई दिन लगाएर गरिएको अनुगमनमा कैलालीको कान्द्रा नदीमा निर्माण गरिएको तटबन्ध, कञ्चनपुरको भीमदत्त नगरपालिका–९ र बेदकोट नगरपालिका–१ राधा नदीमा निर्माण गरिएको तटबन्धको अनुगमन गरिएको छ । कैलालीमा निर्माण गरिएको पक्की सडकको काम सन्तोषजनक नरहेको पाइएको समितिका सदस्य महेशदत्त जोशीले बताउनु भयो ।

“टेण्डर प्रकृया गरिएकामा समस्या छैन”, उहाँले भन्नुभयो, “कोटेशनबाट गरिएकामा समस्या देखिएको छ ।” कोटशनबाट गरिने काम आगामी आवदेखि उपभोक्ता समितिलाई दिनुपर्ने उहाँले बताउनुभयो । तटबन्ध र सडक निर्माणका काममा स्थानिय बासिन्दाको समेत गुनासो रहेको पाइएको टोलीमा सहभागीको भनाइ छ ।

टोलीले स्थलगत अनुगमन गरेका भौतिक पूर्वाधार र विकास निर्माण सम्बन्धि कार्यको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइने बताइएको छ । अनुगमन टोलीमा सहभागी एक सदस्यले भन्नुभयो, “अनुगमनका क्रममा देखिएका त्रुटि र गुणस्तरहीन कार्यबारे प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई बुझाउछौँ ।” 

चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण गर्न पाँच ठाउँमा थप मचान९वाच टावर० निर्माण गरिएका छन् । नेपाल–भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी हुनसक्ने सम्भावित क्षेत्रमा निकुञ्ज कार्यालयले मचान निर्माण गरेको हो । चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीले बताउनुभयो ।

“निकुञ्ज कार्यालयको कम उपस्थिति हुने क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन मचान निर्माण गरेका छौँ”, चौधरीले भन्नुभयो, “निकुञ्जको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकले अवैधरुपमा छिरेर वन्यजन्तु, चरा, माछालगायतको चोरी शिकारी गर्ने कार्यलाई नियन्त्रण गर्न मद्दत पुग्दछ ।”

झाडी र बाक्लो घाँसका कारण गस्ती टोलीले चोरी शिकारीमाथि निगरानी राख्न गाह्रो हुने भएकाले मचान निर्माण भएपछि टाढैबाट हेर्न सकिने र नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । निकुञ्जको नेपाल–भारत सीमा क्षेत्र नजिकै गत वर्ष पाटे बाघ मरेको अवस्थामा फेला परेको थियो । त्यसपछि निकुञ्ज कार्यालयले पैदल र हात्तीमा गस्तीलाई निरन्तररुपमा अगाडी बढाउँदै आएको छ ।

निकुञ्जको सुरक्षार्थ नेपाली सेनाका १६ पोष्ट निर्माण गरिएका छन् । निकुञ्ज कार्यालयका १५ पोष्ट रहेका छन् । नेपाली सेना र निकुञ्जका पोष्टबाट दैनिकरुपमा वन्यजन्तु र काठ तस्करी रोक्न गस्ती गरिने गरिएको छ । (रासस)