१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लोकतन्त्रको रक्षाका पक्षमा छौँः अध्यक्ष नेपाल

लोकतन्त्रको रक्षाका पक्षमा छौँः अध्यक्ष नेपाल
file photo
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि आफूहरुले तत्कालीन अवस्थामा नेकपा (एमाले) बाट गरेको विद्रोह देश र जनताको पक्षमा रहेको प्रमाणित भएको बताउनुभएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा उहाँले कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भएकाले राजनीतिक प्रणालीको रक्षाका लागि आफूहरुले गरेको विद्रोह जायज भएको बताउनुभयो ।

कम्युनिष्ट पार्टीले देशभक्ति र लोकतन्त्रको पक्षमा जनतालाई सङ्गठित गर्ने हुँदा राष्ट्रियताको संरक्षणमा विदेशी शक्तिका सामू नझुकेकै कारण देशमा कम्युनिष्ट पार्टी जनताको प्रिय बनेको बताउँदै अध्यक्ष नेपालले देशभक्ति, लोकतन्त्र र जनजीविकाका सवाललाई केन्द्रमा राखेर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । लोकतन्त्रको मूल्यमान्यता स्वीकार्न हामीलाई जनताको बहुदलीय जनवादले नै निर्देश गरेको उहाँको भनाइ छ ।

पाँचदलीय गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट कार्य न्यायोचित रुपमा हुन नसकेकाले नेकपा९एस०लाई उचित स्थान नदिइए पनि एक महानगर, एक उपमहानगरसहित केही स्थानमा विजयी भएकाले अब बलियो सङ्गठन निर्माण गरी अगाडि बढनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ठोस योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै अहिलेको मूल्यवृद्धिले जनतालाई समस्या भएकाले राज्यले कम मुनाफा लिएर भए पनि जनतालाई राहत दिनुपर्ने बताउनुभयो । जारी बैठकमा अध्यक्ष नेपालले चौतीस पानाको प्रतिवेदन पेश गर्नुभएको छ ।