५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनविरुद्ध सिटीको कठिन जित, वाटफोर्डसँग युनाटेडको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिग लिडर म्यान्चेस्टर सिटीले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई १-० गोलले पराजित गरेको हो । 

सिटीलाई जित दिलाउन एकमात्र निर्णायक गोल फिल फोडेनले गरे । खेलको ८२ औं मिनेटमा उनले गोल गरेका हुन् । 

जितसँगै सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ६ अंकको अग्रता बनाएको छ । सिटीको २७ खेलबाट ६६ अंक रहेको छ । 

यस्तै एभर्टन २४ खेलबाट २२ अंकसहित १७ औं स्थानमा रहेको छ । 

यसैबीच, शनिबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड र वाटफार्डले बराबरी खेलेका छन् । 

वाटफोर्डको मैदानमा भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । 

खेलमा युनाइटेडले दबाब राखेपनि गोल भने गर्न सकेन । बराबरीसँगै युनाइटेड २७ खेलबाट ४७ अंकसहित चौंथो स्थानमा रहेको छ भने २६ खेलबाट १९ अंकसहित वाटफोर्ड १९ औं स्थानमा छ ।