१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन आवश्यक: अध्यक्ष नेपाल

संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन आवश्यक: अध्यक्ष नेपाल
file
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनको आवश्यक्ता रहेको बताउनु भएको छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका गठबन्धनमा आवद्ध दलका नेताहरुले संघ र प्रदशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै त्यसलाई कायमै राखेर अघि बढन आफ्नो पार्टी तयार रहेको बताउनु भएको हो । शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले गठबन्धनसँग तालमेल गरेर र आफनै बलमा पनि संघ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित हुन पनि आह्वान गर्नु भयो ।

अध्यक्ष नेपालले भन्नु भयो, ‘गठबन्धनको आवश्यक्ता अहिले पनि छ । हिजो भएको पोलिटव्यूरो बैठकमा बोल्ने अधिकांशको राय थियो–गठबन्धनप्रति हाम्रो धेरै गुनासो भएपनि कतिपय पार्टीहरुले धोका दिएको भएपनि, कतिपयले हामीलाई अपमान गरेको भएपनि, हामी आफैले पनि आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारणले गर्दाखेरी हामीले स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न सकेनौं । तर पनि गर्वकासाथ भन्नु पर्दछ–महानगरपालिकामा समेत हाम्रो पनि उपस्थिति रहेको छ । त्यसमा पनि गठबन्धन दलका सबै घटकहरुले हामीसँग भन्नु भएको छ–मिलेरै जाऔं ।

नेपाली काँग्रेसका तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्रीजीले गठबन्धनको आवश्यक्ता छ । हामी आउने चुनावमा पनि मिलेर जाऔं भन्नु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि विगतमा कमीकमजोरीहरु भए । त्यो पनि स्विकार गर्नु भएको छ । र, ती कमजोरीहरु नदोहोरियोस् भन्ने कुरामा हामीले सजग हुनुपर्दछ । कहाँकहाँ आत्माआलोचना गरेर जानुपर्ने हो गरेर जाने भन्नु भएको छ । त्यसैगरी जनता समाजवादी पार्टीको उपेन्द्रजीले पनि हामीले मिलेरै जानुपर्छ भन्नु भएको छ । यी सबै सन्दर्भमा एकातिर हामीले आफ्नो शक्तिमाथि भरोसा गरेर बढने र अर्को गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागिपर्नुपर्ने आवश्यक्ता छ ।’

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका कतिपय दलहरुले आफ्नो पार्टीलाई अपमानजनक व्यवहार गरेको भएपनि संघ र प्रदेशको निर्वाचनमा त्यस्तो नगर्ने प्रतिवद्धता जनाएको पनि बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा पार्टी भित्रकै कमजोरीका कारण अपेक्षित परिणाम आउन नसकेको कुरालाई स्विकार गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।