११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल लिटरमा २० र डिजेल २९ रुपैयाँले घट्यो, आज रातिदेखि लागू हुने



अ+ अ-

काठमाडौं । चौतर्फी दबाबमा परेको सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी करमा कटौति गरेर भएपनि पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ घटाउने निर्णय गरिएको जानकारी दिनु भएको हो ।

मारमा परेका जनतालाई राहत दिन करमा कटौति गरेर भएपनि पेट्रालियम पदार्थको मूल्य घटाउने निर्णय गरिएको मन्त्री बडूले बताउनु भयो । यस अघि पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा सत्तारुढ पाँच दलबीच सहमति भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्तागठबन्धनका शिर्ष नेताहरुसहित बसेको बैठकले गरेको निर्णय अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको पनि मन्त्री बडूले स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘पेट्रोलियम पदार्थको मूल्य बढदा सर्वसाधारणको जीवनमा यसले नकारात्मक असर परेको छ । बजारमा मूल्यवृद्धि यसैलाई कारण देखाएर गरिएको छ । त्यसैगरी अत्यावश्यक बस्तुहरुमा पनि यसैकारण मूल्य वृद्धि भएको छ । यसले सर्वसाधारण जनतामा मारमा परेको कुरामा सरकारसँग गम्भिर हुँदै करलाई समोयोजन गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरिएको छ ।’

सरकारले मूल्य घटाएसँगै अब भरे राति १२ बजेदेखि लागू हुने गरी डिजेल प्रतिलिटर १६३ रुपैयाँ र पेट्रोल प्रतिलिटर १७९ पाईनेछ । यस अघि सरकारले रुस–युक्रेन युद्धलाई मुख्य कारण देखाएर यसको मूल्य वृद्धि गरेको थियो ।