७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

तनहुँको बाल शैक्षणिक माविमा युरोगार्ड जडान

तनहुँको बाल शैक्षणिक माविमा युरोगार्ड जडान
अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिका-३ स्थित बाल शैक्षणिक माविमा पानी शुद्धीकरण यन्त्र (युरोगार्ड) जडान गरिएको छ ।

उक्त विद्यालयमा स्वच्छ खानेपानीको अभावले विद्यार्थीहरुले समस्या भोग्दै आइरहेका थिए । त्यस समस्यालाई मध्यनजर गर्दै शुक्रबार एक कार्यक्रमकाबीच युरोगार्ड जडान गरिएको हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था इलाका कार्यालय पोखरा र माझकोट साना किसान कृषि सहकारी भिमाद – ३ बाट २ लाख पैंतालिस हजार एवं विद्यालयको आन्तरिक स्रोतबाट ४५ हजार गरी २ लाख ९० हजार बराबरको यन्त्र जडान गरिएको माझकोट साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक सुन्दर तिमल्सेनाले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साना किसान विकास लघुबित्त वित्तीय संस्था इलाका कार्यालय पोखरा का ईलाका प्रबन्ध बिदुर अर्यालले साना किसान वित्तिय संस्था भएपनी लामो समयदेखि सामाजिक कार्यहरूमा अग्रसर हुँदै आईरहेको बताए ।

यस्तै, विद्यालयमा युरोगार्ड जडान भए पश्चात विद्यार्थीहरु लगायत शिक्षकहरुले पनि शुद्द पानी उपभोग गर्न पाउने बाल शैक्षणिक माध्यमिक विद्यालयका प्राधानाध्यापक विजयराज गौतमले बताए ।

माझकोट साना किसान कृषि सहकारी संस्थाले सामाजिक कार्य मा धेरै कामहरु गर्दै सहुलियत कर्जामा ऋण प्रदान, किसान हरु लाई विभिन्न तालिम, पशुबिमा कार्यक्रम, कृषिजन्य कार्यक्रम एवं किसानहरुलाई सहयोग गर्दै आएको सहकारीका प्रबन्धक सुन्दर तिम्सिना र अध्यक्ष धन बहादुर थापा बताउँछन् ।

युरोगार्ड जडान गरी सहयोग पुर्याएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पौडेलले साना किसान विकास लघुवित्त वित्तीय संस्था लि र माझकोट साना किसान कृषि सहकारी संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय सरोकारवालाहरु एवं विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।