७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बिजुक्छेको शवयात्रामा हजारौँको भीड, सिङ्गो भक्तपुर शोकमा डुब्यो

बिजुक्छेको शवयात्रामा हजारौँको भीड, सिङ्गो भक्तपुर शोकमा डुब्यो
अ+ अ-

भक्तपुर । मुसुक्क हाँसो, उज्यालो अनि हँसिलो मुहार देखिएको शोभा प्रधान बिजुक्छेको सुन्दर तस्वीर अङ्कित प्लेकार्ड हातमा बोकेर अन्तिम बिदाइमा आएका भक्तपुरवासीको आँखा दिनभर रसाइरह्यो । भक्तपुर नगरपालिका–१ दूधपाटी पिपलबोटको आँडमा आज दिउँसो १ बजे अगाडि नै हजारौँ भक्तपुरवासीको भीडमा अधिकांशको आँखा रसाएका थिए ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको जीवनसङ्गिनी, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष एवं नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानको शवयात्रा आज दिउँसो १ बजे हुने भएपछि शवयात्रामा सहभागी हुन हजाराै महिला–पुरुषको उपस्थिति थियो ।

क्यान्सर रोगसँग परास्त भएपछि यही असार ८ गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन हुनुभएकी शोभा पार्टी अध्यक्षको पत्नी भएर मात्रै नभई एक कुशल शिक्षिका र महिला आन्दोलनकी नेत्री भएर पनि त्यहाँ हजारौँ भक्तपुरवासी अन्तिम बिदाइ गर्न भेला भएका थिए । त्यो भीडमा कयौँ पार्टी कार्यकर्ता, विद्यार्थी र शिक्षकहरूको आँखामा आँसु टिल्पिलाएको देख्दा लाग्थ्यो, आजको यो प्रहरमा सिङ्गो भक्तपुर रोइरहेको छ, सिङ्गो भक्तपुर शोकमा डुबेको छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले फूलमालाले अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दा शोभा प्रधानलाई धेरै नजिकबाट बुझ्नेहरु मात्र होइन, उहाँलाई चिन्नेहरु, उहाँले शिक्षा दिएका विद्यार्थी, उहाँले महिला अधिकारका सवालमा दिएका सयौँ प्रशिक्षणमा सहभागी महिला शवयात्रामा सहभागी हजारौँको आँखा रसाएका थिए, भावविह्वल भएका थिए । पार्टीको तर्फबाट सचिव प्रेम सुवालले प्रधानको मृत शरीरमा पार्टीको झण्डा ओढाउनुभएको थियो ।

अन्तिम बिदाइ यात्रामा उहाँप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दै उपस्थित पार्टीका नेताहरूले उहाँको सम्मानमा शिर झुकाउँदा, पुष्पगुच्छा अर्पण गर्दा सहभागीहरू निकै भावुक बनेका थिए । अन्तिम बिदाइमा आएकाहरु स्तब्ध थिए । कयौँको मुखबाट वाक्य फुटेको थिएन, आँखाबाट आँसु रोकिएको थिएन । कयौँ महिलाले पछ्यौराले आँसु पुछिरहे, कतिले आँसु लुकाउन खोजे तर सकेनन् ।

भावविह्वल वातावरणमा भएको श्रद्धाञ्जलिसभापछि सुरु भएको शवयात्रा दूधपाटीबाट भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याह्मासिंह हुँदै हनुमानघाटसम्म पुग्दा त्यो भीड बढ्दो थियो । लाग्थ्यो उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न, उहाँको अन्तिम बिदाइ गर्न सिङ्गो भक्तपुर उल्टिएको थियो । हनुमानघाट र त्यहाँ आसपासका क्षेत्र मानिसको भीडले खचाखच भरिएको थियो ।

हनुमानघाटमा प्रधानको अन्तिम बिदाइ गर्दाको क्षणमा मानवीय आँखामात्रै होइन, प्रकृति नै रोएको थियो । त्यही बेलामा परेको पानीमा रुझ्दै हजाराँै सहभागीहरू नडगमगाई पानीमा भिज्दै बसिरहेका थिए । बिजुक्छेका दुई छोरा सुवेग र सुवान बिजुक्छेले दागबत्ती दिएर अन्तिम बिदाइ गर्दा सहभागीहरूको रुवाइ देख्ने जो–कोहीको आँखा रसाएका थिए । नेपाल मजदुर किसान पार्टी, नेपाल क्रान्तिकारी महिला सङ्घ र नेपाल क्रान्तिकारी शिक्षक सङ्घले उहाँप्रति सम्मान, स्मरण र श्रद्धाञ्जलि अर्पण गर्दै शवयात्रामा सङ्घको झण्डा आधा झुकाएका थिए ।

तेइस वर्षअघि स्तन क्यान्सर भई पूर्णरूपमा निको हुनुभएकी शोभा प्रधान पुनः विसं २०७४ देखि पाठेघर क्यान्सरबाट पीडित हुनुभएको थियो । नेपाल क्यान्सर अस्पतालमा नियमितरूपमा उपचाररत उहाँको असार ८ गते निधन भएको थियो ।रासस