१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई अध्यक्ष नेपालको आग्रह

पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई अध्यक्ष नेपालको आग्रह
file
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गर्नुभएको छ ।

शुक्रवार बसेको पार्टीको पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गर्नुभएको हो । उहाँले शनिवारसम्ममा मन्त्रीहरु हेरफेर भइसक्ने पनि बताउनु भयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालले पार्टीको निर्णय परिवर्तन नहुने बताउनुभएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘मन्त्रीहरुका सन्दर्भमा उठेका प्रश्नहरुमा अध्यक्षले उत्तर दिदैँ बैठकमा पार्टीको निर्णय कार्यान्वयन हुने । आज, भोलि भित्रमा कार्यान्वयन भइसक्ने जस्ता विषयमा उहाँले प्रकाश पार्नुभएको छ र यसको अन्तिम निर्णय भोलि केन्द्रिय कमिटीको बैठकले यसबारेमा त्यहाँ पनि उठेका प्रश्नहरुको उत्तर दिदाँ यसको ठोस कुरा म भोलि बताउने छु भनेर अध्यक्षले भन्नुभएको छ । तर हाम्रो पूर्ववत् निर्णय, अडानलाई परिवर्तन गर्ने कुरा उहाँले भोलि बोल्ने होइन कि केन्द्रिय कमिटीको बैठक भोलि बसिरहेको अवस्थामा आजै मैले किन बोलिहालौँ भन्दै उहाँले हामीले गरेको निर्णय तपाईहरु कार्यान्वयन गर्न आफैँ लाग्नुहोस् भनेर आज मन्त्रीहरुलाई सम्झाउनुभएको छ ।’

अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई प्राथमिकता दिइने बताउनु भयो । उहाँले गठबन्धनले आफूहरुलाई मुख्य एजेण्डा बनाएको नबनाएकोमा ध्यान दिने उल्लेख गर्दै देशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी दिनेगरी तयारी गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । प्रवक्ता खतिवडाले भन्नुभयो – ‘बैठकमा आम निर्वाचनको तयारीका लागि अध्यक्षले जोड गर्दै हाम्रो पार्टी गठबन्धनलाई प्राथमिकता पनि दिन्छ । तर पहिलेको जस्तो गठबन्धन मुख्यकुरा हो भन्दैन । गठबन्धनले हामीलाई मुख्य एजेण्डा बनाउँछ कि बनाउँदैन भन्ने कुरामा पनि उत्तिकै ध्यान दिन्छ । र देशका सबै निर्वाचन क्षेत्रहरुमा आफ्नो उम्मेदवारी उठाउनेगरी आफ्नो तयारी गरेर लाग्दछ । लाग्नुपर्दछ । तपाई कार्यकर्ताहरु लाग्नुस् भनेर पनि आह्वान गर्नुभएको छ ।’

अध्यक्ष नेपालले विगतमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले गरेको व्यवहारलाई सुधार गर्न सकेमा गठबन्धनले बढी जित हासिल गर्ने बताउनु भयो । एकीकृत समाजवादीले नेपाली काँग्रेस र माओवादी केन्द्रले विगतका गल्ती नदोहो¥याओस् भन्नेमा जोड दिएको अध्यक्ष नेपालको भनाई थियो । प्रवक्ता खतिवडाले भन्नुभयो – ‘नेकपा(माओवादी केन्द्र), नेपाली काँग्रेस आदिले गरेका विगतमा गरेका व्यवहारहरुलाई करेक्शन गरेपछि मात्रै गठबन्धनले बढी सशक्तता प्राप्त गर्छ र गठबन्धनले बढी विजय हासिल गर्नसक्छ । उहाँहरुले आफूलाई करेक्शन गर्नुहोस् । विगतका गल्ती नदोहो¥याउनुहोस् भन्ने कुरातर्फ हाम्रो पार्टीले सबभन्दा बढी फोकस गरेको छ ।’

अध्यक्ष नेपालले देश अन्तर्राष्ट्रिय खेल मैदान बन्न लागिरहेको भन्दै देशभक्ति र स्वाभिमानका लागि प्रत्येक नेपालीहरुले आवाज उठाउनुपर्ने धारणा व्यक्त गर्नुभएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । असंलग्न परराष्ट्र नीतिमाथि बाधा पुग्ने चिजहरुबाट जोगाउनको निम्ति पार्टीलाई परिचालित गर्नुपर्ने अध्यक्ष नेपालको धारणा रहेको उहाँले बताउनु भयो । प्रवक्ता खतिवडाले भन्नुभयो – ‘नेपाललाई यसप्रकारको अरु कुनैपनि देशको सैन्य गतिविधि अथवा गठबन्धन अथवा कुनैपनि यस प्रकारका नेपालको असंलग्न परराष्ट्र नीतिमाथि बाधा पुग्ने चिजहरुबाट जोगाउनको निम्ति हाम्रो पार्टीलाई सम्पूर्ण ढंगले परिचालित गर्नुपर्ने र हाम्रो धारणा बनाउनुपर्ने कुरामा फोकस उहाँले बढी जोड दिनुभएको छ । देश आज जाँनिदो नजाँनिदो ढंगले अन्तर्राष्ट्रिय खेल मैदान बन्न लागिरहेकोमा चिन्ता गर्दै देशभक्ति र स्वाभिमानका लागि प्रत्येक नेपालीहरुले आवाज उठाउनैपर्ने, बोल्नैपर्ने, र जनता जबजब बोल्न थाल्छन्, नेपालीहरु बोल्न थाल्छन्, अनि देशको स्वाभिमान, स्वतन्त्रता अझ सुदृढ बन्दै जान्छ यसकारण प्रत्येक नागरिकहरु देशका लागि बोल्नुहोस् भनेर उहाँले आह्वान गर्नुभएको छ ।’

नेकपा (एकीकृत समाजवादी) ले शनिवार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।