७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

घोराही उपमहानगरपालिकाद्वारा दुई अर्ब ३२ करोडको बजेट प्रस्तुत

घोराही उपमहानगरपालिकाद्वारा दुई अर्ब ३२ करोडको बजेट प्रस्तुत
अ+ अ-

दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ३२ करोडको बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरसभामा उपप्रमुख हुमाकुमारी डिसीले आगामी आवका लागि रु दुई अर्ब ३२ करोड ९० लाख ९१ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।

उपमहानगरपालिकाको कूल बजेटमध्ये सङ्घ सरकारबाट प्राप्त हुने सःशर्त अनुदान रु ७४ करोड दुई लाखमध्ये रु १० करोड ३० लाख अर्थात् १३ प्रतिशत पूँजीगत खर्च हुनेछ भने रु ६३ करोड ७२ लाख अर्थात् ८६ प्रतिशत चालु खर्चका लागि हुनेछ । यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सःशर्त अनुदान रु पाँच करोड ४० लाख अर्थात शतप्रतिशत पूँजीगत खर्च हुनेछ ।

सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आयबाट विनियोजन गरिएको रु एक अर्ब ५३ करोड ४८ लाख ९१ हजारमध्ये रु ६१ करोड ६९ लाख ८१ हजार अर्थात् ४०.२० प्रतिशत चालु खर्चका रूपमा रहेको छ भने रु ९१ करोड ७९ लाख १० हजार अर्थात् ५९.८० प्रतिशत पूँजीगत खर्चका रूपमा रहेको उपप्रमुख डिसीले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ ।

घोराहीको कूल बजेट रु दुई अर्ब ३२ करोडमध्ये रु एक अर्ब २५ करोड ४१ लाख ८१ हजार अर्थात् ५३.८५ प्रतिशत चालु खर्चका रूपमा रहेको छ भने रु एक अर्ब सात करोड ४९ लाख १० हजार अर्थात् ४६.१५ प्रतिशत पूँजीगत खर्चका रूपमा रहेको छ । घोराही उपमहानगरपालिकाले आगामी आव २०७९/०८० मा रु ३२ करोड आम्दानी गर्ने लक्ष्य राखेको छ । घरजग्गा रजिष्टे«शनसमेत मध्येबाट यो रकम आय हुने अनुमान गरिएको छ ।

सङ्घीय वित्तीय समानीकरण अनुदानबाट रु ३५ करोड ९५ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु २५ करोड ७६ लाख ५८ हजार, सङ्घीय रोयल्टी बाँडफाँटबाट रु सात लाख, सङ्घीय विशेष अनुदानबाट रु दुई करोड बेहोरिनेछ । यस्तै प्रदेश समानीकरण अनुदानबाट रु एक करोड ६७ लाख २५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रु चार करोड ४४ लाख ५७ हजार, प्रदेश सःशर्त अनुदानबाट रु एक करोड ६० लाख, प्रदेश समपूरक अनुदानबाट रु तीन करोड, प्रदेश विशेष अनुदानबाट रु ८० लाख बेहोरिनेछ । यसमा नपुग हुने रकम रु ५३ करोड ५८ लाख ५१ हजार चालु आवर्ष २०७९/०८० को बैंक मौज्दातबाट बेहोरिनेछ ।

यसबाहेक उपमहानगरपालिकालाई सङ्घ तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने सामाजिक सुरक्षा, गरिबसँग विश्वेश्वर कार्यक्रमलगायत अन्य कार्यक्रमको एकल खाता कोष प्रणालीमार्फत भुक्तानी हुने भएकाले आगामी आव २०७९/०८० को बजेट प्रक्षेपणमा समावेश नगरिएको पनि उपप्रमुख डिसीले बजेट प्रस्तुतीकरणमा जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख डिसीले बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटका बारेमा आगामी सोमबार छलफल हुने नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।