७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

विराटनगरको नीतिः पूर्वाधार विकास र स्वास्थ्य सुधार

विराटनगरको नीतिः पूर्वाधार विकास र स्वास्थ्य सुधार
अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ नारालाई विशेष जोड दिएको छ । महानगरपालिकाले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सुखी नगरवासी, समृद्ध नगरको लक्ष्य प्राप्ति गर्ने उल्लेख गरिएको छ ।

नीति कार्यक्रमका अनुसार शहरी पूर्वाधारको विकास र विस्तार, शिक्षा स्वास्थ्य तथा पोषणको विकास गरी नगरवासीको जीवनमा गुणात्मक सुधार गर्नु, लैङ्गिक तथा सामाजिक समावेशीकरणको विकास गर्नु, सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु, कृषि, पशु, सहकारी, रोजगारी र पर्यटनको विकास गरी आर्थिक वृद्धि गर्न सहयोग पु¥याउनु महानगरेको लक्ष्य रहेको छ ।

यस्तै पिछडिएको वर्ग तथा समुदायको लागि सामाजिक न्याय सहितको आर्थिक विकास गर्ने, वन तथा वातावरण संरक्षण गर्ने, विपद् व्यवस्थापनलाई सक्षम तुल्याउने र विभिन्न समुदायको भाषा, कला, साहित्य तथा संस्कृकिलाई प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।

महानगरपालिकाकाले नीति तथा कार्यक्रम तथा बजेट तर्जुमाका मुख्य प्राथमिकताका साथ तोकिएका क्षेत्रमध्ये शहरी पूर्वाधारको विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य र पोषण, अधुरा आयोजनाहरूको कार्यान्वयन, सडक, ढलको मर्मतसम्भार, फोहोरमैलाको दिगो व्यवस्थापन, विपद् व्यवस्थापन तथा डुबान नियन्त्रण, अव्यवस्थित बसोवास व्यवस्थापन तथा वस्ती विकास कार्यक्रम रहेका छन् ।

यस्तै अन्य कार्यक्रममा युवा तथा खेलकूद विकास, अपाङ्ता रोकथाम तथा पुनस्र्थापना, धार्मिक तथा सांस्कृतिक प्रवद्र्धनसहितको पर्यटन विकास, रोजगार, आय तथा उत्पादन वृद्धि र भवन निर्माण इजाजत अनलाईन सफटवेयर प्रणाली अवलम्वन गर्नु रहेको छ ।

कृषकलाई धान गहुँ, मकैको गुणस्तरीय बीउमा ५० प्रतिशत अनुदान, कौशी तरकारी खेती, शहरी कृषि करेसाबारी कार्यक्रम प्रवद्र्धन गर्ने महानगरले नीति लिएको छ । कृषि उपजको बजारीकरणलाई सहजीकरण र नियमन गरिने, खाद्यलगायत कृषि उत्पादनमा आत्मनिर्भरता लागि प्रविधियुक्त व्यावसायिक खेती प्रणाली र बेमौसमी तरकारी खेती उत्पादन वृद्धि प्रोत्साहन गर्ने महानगरले नीतिमा उल्लेख गरेको छ ।

सार्वजनिक–निजी साझेदारीमा महानगरपालिकाको पर्यटन गुरुयोजना कार्यान्वलयनमा ल्याउने भएको छ भने सामुदायिक पार्क निर्माणमा प्राथमिकता दिने उल्लेख गरिएको छ । पर्यटन उद्योग लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने, ऐतिहासिक र पुरातात्विक विराट राजाको दरबार रहेको वडा नं १८ स्थित भेडियारी क्षेत्रलाई समुचित विकास गर्दै पर्यटन केन्द्रको विकास गर्ने नीति लिइएको छ । विराटनगरलाई विश्वभर चिनाउन र पर्यटन प्रवद्र्धन गर्न ल्याण्डमार्कको पहिचान गरी निर्माण गरिने महानगरले बताएको छ ।

नीति तथा कार्यक्रममा युवा उद्यमशीला विकासको लागि मागमा आधारित सीप विकास तालीम सञ्चालन गरिने, लघु, घरेलु तथा साना उद्योग स्थापना र सञ्चालनमा सहजीकरण गर्न औद्योगिक ग्राम स्थापना गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रमका साथै महानगरपालिको विकास निर्माणसमेतलाई स्थानीय रोजगारी सिर्जनासँग आवद्ध गरिने उल्लेख गरिएको छ ।

‘छोरी बचाऊ, छोरी पढाउ’ कार्यक्रमलाई निरन्तरता, गर्भवती तथा सुत्केरी महिला, अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई अस्पतालसम्म सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने महानगरले जनाएको छ । त्यस्तै महानगरपालिकाको उपयुक्त स्थानमा स्तनपान कक्षको निर्माण गरिने, प्राथमिक स्वास्थ्य केन्द्र रानीलाई स्तरोत्रती गरी १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने नीति महानगरको छ । महानगरक्षेत्र भित्र मेट्रो सिटी अस्पताल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने र ६५ वर्ष माथिका ज्येष्ठ नागरिको स्वास्थ्य बिमा महानगरको नीति छ ।

त्यसैगरी ज्येष्ठ नागरिकका अनुभव ज्ञान, सीपलाई अन्तरपुस्तामा हस्तान्तरण गर्ने परिपाटीको सुरुआत गरिने, अलपत्र परेका ज्येष्ठ नागरिकलाई प्रत्यक्ष सहयोग पु¥याउने खालका कार्यक्रम सञ्चाालन गरिने, हिंसा र दुव्र्यवहार विरुद्ध शून्य सहनशीलताको नीति लिने तथा ज्येष्ठ नागरिक दिवस, नागरिक प्स्तकालय, दिवासेवा केन्द्र, भ्रमणजस्ता कार्यक्रम सञ्चालन गरिने छ ।

प्राविधिक शिक्षामा लक्षित वर्गको पहुँच वृद्धि गरी प्रविधिमा आधारित गुणस्तरीय जीवन उपयोगी शिक्षामा जोड दिने तथा सबै बालवालिकालाई विद्यालयमा शतप्रतिशत भर्ना हुने व्यवस्था मिलाउने महानगरको बाचा छ । आदर्श माध्यमिक विद्यालयलिाई अपाङ्गमैत्री भौतिक पूर्वाधार तथा सिकाइ वातावरणको व्यवस्था मिलाइने, एक वडा एक नेतृत्व विद्यालय कार्यक्रम कार्यान्वयन गर्ने र महानगर बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि विशेष अनुदानको व्यवस्था गरिने महानगरेको नीतिमा उल्लेख छ ।

त्यसैगरी पूर्वाधार विकास क्षेत्र, वन वातावरण तथा सरसफाइ र सूचना तथा सञ्चार प्रविधिको विकासमा पनि महानगरले विशेष जोड दिएको छ ।