• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   इजराइलमा आक्रमण गरेपछि इरानले आणविक केन्द्र बन्द गर्यो ★   चैते दसैं सम्झाउने बागलुङतिरको यो गीत ★   छोरी सुहानाको फिल्ममा शाहरुखले गरे २०० करोड लगानी ★   समिति सभापतिसहित सांसदहरुमा समयमा उपस्थित नहुँदा अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित ★   प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता ★   बिश्वभर छरिएर रहेका नेपालीलाई कुनै न कुनै रुपमा नेपालसंग जोड्नु पर्छ: उपराष्ट्रपति यादव ★   प्रभु बैंकको ३०२ औं शाखा नयाँगाउँमा सञ्चालन ★   भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय ★   सहकारी प्रकरणमा काग्रेस नेता शिवाकोटीको दाहाल र ओलीलाई प्रश्न ★   भारतको काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज वीरगञ्ज–१० मा आयोजना गरेको ११औँ नगरसभामा आगामी आर्थिक वर्ष लागि रु तीन अर्ब ३३ करोड ६३ लाख २६ हजारको अनुमाति बजेट सार्वजनिक गरेको हो ।

‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित महानगरपालिकाका उपप्रमुख इत्यिाज आलमले नगरसभामा बजेट प्रस्तुत गर्दै चालुतर्फ कूल बजेटको ६२.०४ प्रतिशत र पूँजीगततर्फ कूल बजेटको ३७.९६ प्रतिशत बजेट विनियोजित गरेको जानकारी दिनुभयो । उहाँले चालुतर्फ रु दुई अर्ब छ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ रु एक अर्ब २६ करोड ६४ लाख ७५ हजार छुट्याइएको बताउनुभयो ।

सभालाई बजेट प्रस्तुत गर्दै उपप्रमुख आलमले आन्तरिक आयबाट रु ९५ करोड, सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँटबाट रु एक अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र विशेष अनुदानबाट रु सात करोड ९८ लाख २४ हजार, क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैंकबाट रु १२ करोड ६१ लाख ८५ हजार, सडक बोर्ड नेपालबाट रु दुई करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट रु ९६ लाख, युनिसेफबाट रु २५ लाख स्रोत प्राप्त हुने अनुमान गरिएको जानकारी दिनुभयो । उहाँले अपुग हुने रु ४४ करोड १९ लाख ५९ हजार चालु आवको अन्त्यमा स्थानीय सञ्चिती कोषमा रहेको नगद मौज्दातबाट व्यहोरिने बताउनुभयो ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख आलमले आउने आवको आगामी साउन १ गतेदेखि लागू हुने गरी महानगरपालिकामा कार्यरत कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गरेको जानकारी दिनुभयो ।

कार्यक्रमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख राजेशमान सिंहले स्वास्थ्य, शिक्षा र पूूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

उहाँले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने र महानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै महानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने बताउनुभयो ।