१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

एक पटक फेरि प्रधानमन्त्री हुने प्रचण्डको चाहना

एक पटक फेरि प्रधानमन्त्री हुने प्रचण्डको चाहना
पुष्पकमल दाहाल प्रचण्ड
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरी एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताउनु भएको हो । नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढने बताउनु भयो ।

अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दावी समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौं महिला बिति गो । एउटा नयाँ परिस्थिति बन्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चनै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ । देशका राष्ट्रिय एकतानै के हुने हो भन्ने बेलामा मधेशलाई पनि विश्वासमा लिएर निर्वाचनतिर देश लैजाने कुरा सानो कुरा थिएन । आर्थिक वृद्धिदरलाई २५ वर्षपछि साँढे ७ प्रतिशत बनाउने कुरा पनि सानो कुरा थिएन ।

सबै जातजाति, क्षेत्र, भाषा, समूदायको एकतालाई सुदृढ गर्दै लोकतन्त्रको सुदृढिकरणको प्रक्रियामा अघि बढने कुरा पनि अव बाँकि जीवन देशको आर्थिक विकास र समृद्धिको निम्ति सबै क्षेत्रको समृद्धिको यात्रा सुरु गर्ने मनसायको साथ राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना बोकेर अवको जीवन बिताउने मैले भनेको थिए । जुन प्रयोग निकै ठूलो साहसका साथ गरिएको थियो । त्यो सफल भएन ।

बामपन्थीहरुको बीचमा एकता गरेर स्थायित्व पनि दिने, विकास पनि दिने, सामाजिक न्याय पनि दिने भन्ने सपना देखेर जे गरियो । त्यो सफल भएन । त्यसबारे मैले अहिले लामो भन्नु केही छैन । तर तपाईहरुले भन्नु भयो, तपाईहरुले भनेको कुरा तपाईहरुको आर्शिवाद हो भने अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ । किनकी मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति । यहाँ त्यो कुरा पनि आयो । म नेपाल पर्वतारोहण संघलाई धन्यवाद भन्न चाहन्छु ।’

अध्यक्ष दाहालले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दाे माध्याम भएको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन बोर्डको पुनर्संरचना तत्काल गर्न सरकारसँग माग गर्नु भयो । उहाँले पर्यटन क्षेत्रलाई उद्योगको रुपका विकास गरी त्यसलाई सहुलियत दिन पनि सरकारसँग पहल गरिदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटकपटक आग्रह गर्नु भयो । उपाध्यक्ष रिजालले नेपाल पर्वतारोहण संघलाई अल्पाईन क्लवको रुपमा विकास गर्न पनि सरकार जिम्मेवार भएर प्रस्तुत हुन नसकेको भन्दै आक्रोश व्यक्र गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘पर्यटन बोर्डको पुनर्संरचनाको कुरा पर्यटन क्षेत्रमा सम्बन्धित सबै संघ, संस्थाहरुले उठायौं । यो पूरा हुन सकेन । यो राज्यको गैर जिम्मेवारीपनको कारणले भएको हो भन्ने हामी सबैको निष्कर्ष हो । २०३५ को पर्यटन ऐन अहिले पनि संशोधन हुन सकेन । हाम्रा पूर्वजहरुले सुरुदेखि उठाउनु भयो । यो अहिलेसम्म बन्न सकेन । अनि हामीले अल्पाईन क्लवको रुपमा एनएमएलाई विकास गर्नका लागि पटक पटक प्रधानमन्त्रीज्यूहरुलाई, शिर्ष नेताहरुलाई सुनायौं । यसलाई अन्तराष्ट्रिय अल्पाईन क्लवको रुपमा विकास गर्नका लागि हाम्रा केही समस्या, हाम्रो केही विवाद छन । यसलाई समाधान गर्न राज्य जिम्मेवार हुनुपर्छ भनेर हामीले भन्यौं । तर, हामीलाई लडाउने काम मात्रै राज्यले गरिरह्यो ।

आज अन्तराष्ट्रिय क्षेत्रका सबै पर्वतीय पर्यटकीय क्षेत्रमा जुन आकर्षित छ । हामीले नो ट्रेकिङ विथआउट गाईट एण्ड पोर्टर भनेर कुरा उठायौं । तर यो कसैले सुन्नेवाला छैन । जिम्मेवार पर्यटन अथवा पर्यटन व्यवसायलाई मुलुकको महत्वपूर्ण अंग हो । हिजो अस्तीमात्र हामीले राष्ट्र बैंकको कुरा सुन्यौं । विदेशी मुद्रा अव यदि नेपालमा आएन भने हामी श्रीलंकाको हालतमा जान्छौं भनेर भनि रहनु भएको छ । यो विदेशी मुद्रा आर्जन गर्न महत्वपूर्ण क्षेत्र पर्यटन व्यवसाय नै हो ।

यिनीहरुले नै विदेशी मुद्रा लिएर आउँछन । हामीले सक्षम मानिसलाई विदेश पठाएर यो दिगो हुँदैन भन्दै हामी पर्यटन व्यवसायीले कुरा उठाऔं । त्यसैले पूर्व प्रधानमन्त्रीज्यू, हामी पनि तपाईहरुका सन्तान हौं । तर तपाईहरु जिम्मेवार हुनु भयो । तपाईहरुले राज्य संयन्त्रमा रहेका व्यक्तिलाई जिम्मेवारी बोध गराउन सक्नु भयो भने मात्रै हामी जिम्मेवार हुने हो । त्यसैले राज्य संयन्त्रमा रहने प्रमुख व्यक्तिहरुले प्रशासनिक संयन्त्रलाई विज्ञताको आधारमा काम अनुसार दाम, योग्यता अनुसारको काम जुन तपाईहरुले सिकाउनु भयो । तर आज त्यो कार्यान्वयन नहुँदा पर्यटन मन्त्रालय अस्तव्यस्त छ विज्ञताको अभावले ।

जहाँ तीनतीन महिनामा सचिव, सहसचिवहरु चेन्ज हुने । मैले फेरी पनि भने–पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्छ । चाहे त्यो होटल होस्, चाहे त्यो टे«किङलाई । त्यसका लागि पर्यटन क्षेत्रले सुविधा पाउनुपर्छ । हामीले यो कुरा उठायौं तर कार्यान्वयन हुन सकेन । त्यसैले राज्यका संयन्त्रहरुलाई जिम्मेवार बनाउने काम शिर्ष नेताहरु, पूर्वप्रधानमन्त्रीहरु र प्रधानमन्त्रीको महत्वपूर्ण भूमिका हुन्छ । र हामीलाई अनुशासित बनाउन काम तपाईहरुको हुन्छ । त्यतातिर तपाईहरुले महत्वपूर्ण ध्यान दिनु भयो भने मलाई विश्वास छ–तपाईको अहिले पनि बोली बिक्छ । तपाईका कुराहरु विक्छन । हाम्रा समस्या समाधान गर्न तयार छु भनेर भन्नु भएको छ । पर्यटन बोर्डको पुनर्संरचना गर्न माग गर्दछु ।’

उपाध्यक्ष रिजालले पर्यटन मन्त्रालयलाई नै अस्तव्यस्त बनाउने काम भईरहेको आरोप समेत लगाउनु भयो ।