२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

चिराइतो प्रशोधन केन्द्र अलपत्र

चिराइतो प्रशोधन केन्द्र अलपत्र
अ अ+ अ-

ओखलढुङ्गा । यहाँ चिराइतो प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उद्यम केन्द्र र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त साझेदारीमा सञ्चालन गरिएको ‘एक जिल्ला, एक उत्पादन कार्यक्रम’अन्तर्गत सिद्धिचरण नगरपालिका–११ मा स्थापना गरिएको चिराइतो प्रशोधन केन्द्र अलपत्र परेको हो ।

चार वर्षअघि चार रोपनी क्षेत्रफलमा भवनसहितका संरचना बनाइएको भए पनि अहिलेसम्म केन्द्र सञ्चालनमा आउन सकेको छैन । कृषि विकास मन्त्रालयले ‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रमअन्तर्गत चिराइतो ड्राइङ एण्ड कन्स्ट्रक्सनका लागि कृषि उद्यम केन्द्रलाई आर्थिक वर्ष २०७२÷७३ मा रु एक करोड ४६ लाख अनुदान दिएको थियो ।

उद्योग वाणिज्य सङ्घको नेतृत्वमा रहेको ओखलढुङ्गा जडीबुटी प्रोडक्ट्स प्रालिले प्रशोधन केन्द्र सञ्चालन गर्ने जिम्मा लिएको थियो । केन्द्रको भवन निर्माण बाहेक अरु काम भएका छैनन् । केन्द्रबाट प्राप्त अनुदानमध्ये रु ५५ लाखको भवन निर्माण गरिएको र अन्य रकमले केही मेसिन आंैजार खरिद गरिएको उद्योेग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो । मेसिन प्रशोधन गर्ने हुनुपर्नेमा प्याकिङ गर्ने मात्रै खरिद भएकाले केन्द्र सञ्चालनमा आउन नसकेको उहाँको भनाइ छ । तत्काल केन्द्रको अनुदान नपाए पनि जिल्लामै लगानी जुटाएर प्रशोधन मेसिन ल्याएर केन्द्र सञ्चालन गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । 

“हामीले अहिले सेवा सुरु गरिरकेका छैनौं केही समयमा सुरु हुन्छ”, मास्केले भन्नुभयो, “भवन बनाएर विद्युत् व्यवस्थापनसहितका काम भइसकेका छन्, प्रशोधन गर्ने मेसिन छैन, पहिले ल्याएको प्याकिङ गर्ने मेसिन परेछ, त्यसैले केही समय ढिला भएको हो, अब जिल्लामै हामी आफैं लगानी गरेर भए पनि मेसिन किन्छौं ।” रु ५५ लाखको भवन र रु ९५ लाखमा मेसिन, जेनेरेटरसहितका उपकरण खरिद गरिएको उहाँले जानकारी दिनुभयो । खरिद गरिएका मेसिन खिया लाग्ने अवस्था आए पनि सुरक्षित राखिएको उहाँले बताउनुभयो । 

चिराइतो थन्कियो  

चिराइतो प्रशोधन केन्द्र स्थापना भएपछि जिल्लाका किसानले चिराइतोखेती गर्न थालेका थिए । रावादोलु, भुसिङ्गा, खिजीकाती, फलाटे, रगनी, जन्तरखानी, पात्लेसहितका स्थानमा चिराइतो पाइन्छ । जिल्लामै प्रशोधन केन्द्र बन्ने र चिराइतोले बजार पाउने आशामा खेती थालेका किसान प्रशोधन केन्द्र सञ्चालनमा नआएपछि निरास भएका छन् । सङ्कलन गरेको चिराइतो बोरामा बाँधेर राख्नुपरेको खिजीदेम्बाकी केवलमाया सुनुवारले बताउनुभयो । 

“अब हाम्रै गाउँको चिराइतोमा पैसा आउँछ, झन धेरै रोप्नु, थुपार्नु भन्ने हल्ला सुनेर जङ्गलदेखि आँगनसम्मको बटुँले कोही किन्न आएनन् बोरामा बाँधेर राखेको छु”, उहाँले भन्नुभयो, “यही चिराइतो मात्रै बेच्न पाए पनि नून भुटुन खाने पैसा हुन्थो भन्ने आशा छ ।” विगतमा ठेकेदारले गाउँमा पुगेर चिराइतो किन्ने गरेको भए पनि दुई वर्षयता ठेकेदार गाउँ गएका छैनन् । ‘एक जिल्ला, एक उत्पादन कार्यक्रम’अन्तर्गत दुई आर्थिक वर्षमा दुई हजार ५०० रोपनी क्षेत्रफलमा चिराइतो रोप्ने लक्ष्य थियो । प्रशोधन केन्द्र नै अलपत्र परेपछि त्यो लक्ष्य अनुसार काम सुरु नै भएको छैन । 

स्थानीय सरकार बेखबर  

जिल्लामा सञ्चालन हुने भनिएको चिराइतो प्रशोधन केन्द्रका बारेमा सर्वसाधारण नागरिक मात्रै होइन स्थानीय सरकार पनि बेखबर छ । प्रशोधन केन्द्रको भवन बाहिरबाट देखेको बाहेक त्यस विषयमा आफूहरुलाई जानकारी नभएको सिद्धिचरण नगरपालिका– ११ का वडाध्यक्ष विनोद केसीले बताउनुभयो । “हामी निर्वाचित हुनु भन्दा पहिले त्यो भवन बनेको थियो, हामीले देखेको बुझेको पनि त्यति हो, केही दिन अघिसम्म विद्युत्का खम्बा स्टोर गरेको भन्ने हल्ला थियो अरु थाहा भएन”, उहाँले भन्नुभयो, “यो हामी भन्दा माथिल्लो निकायले हेर्ने विषय भएर हो वा किन हो हामीसँग कुनै समन्वय छैन ।” 

राज्यको लगानी खेरगएको विषयमा आफूहरुले आवाज उठाउने उहाँले बताउनुभयो । स्थानीयवासीका अनुसार चिराइतो प्रशोधन गर्न बनाइएको भवनमा लामो समयसम्म विद्युत् प्राधिकरणका पोल स्टोर गरिएको थियो । “चिराइतो राख्ने घर भन्थे, बत्तीको खम्बा पो राखेको देखियो, अरु त यो भवन किन बनाएको के काम हुन्छ रु  हामीलाई केही पत्तो छैन”, स्थानीयवासीले रासससँग भन्नुभयो । (रासस, पूर्णप्रसाद न्यौपाने)