७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

छोरा नजन्माउँदाको पीडा

छोरा नजन्माउँदाको पीडा
अ+ अ-

भादगाउँ । भक्तपुर नगरपालिका–४ की एक महिला तीन छोरीकी आमा हुनुहुन्छ । एकदशक अगाडि भागेर विवाह गर्नुभएकी उहाँ छोरा नभएकै कारण श्रीमान्सँग छुट्टिएर बस्न बाध्य हुनुभएको छ । उमेरले भर्खर ३१ वर्ष लाग्नुभएकी ती महिला अहिले छोरीको उज्ज्वल भविष्यका निम्ति कामको खोजीमा भौतारिँदै हिँडिरहनुभएको छ । परिवारको सहमतिविना विवाह गरेकैले उहाँलाई माइतीमा बस्न पनि सहज छैन ।

घरपरिवार र समाजको परम्परावादी सोचका कारण छोरा नपाएपछि ती महिलालाई दुई वर्षअघि घर निकाला गरिएको थियो । घर निकाला गरेपछि माइतीको शरणमा पुग्नुभएकी उहाँलाई दुई/चार दिन दाजुभाउजुले राम्रै व्यवहार गरे तर पछि छोरी श्रीमान्लाई जिम्मा लगाएर दोस्रो विवाह गरी घरजम गर्न दबाब दिन थालेको ती महिला बताउनुहुन्छ । “केही समय आमाबुबाको मुख हेरेर सहेरै बसेँ”, उहाँ भन्नुहुन्छ, “अवसरको खोजीमा बसेका दाजुभाउजुले माइतीबाटै निकाल्न टोलकै श्रीमती मरेका एक जनासँग विवाह गर भनी दबाब दिन थाले । दोस्रो विवाह गरे छोरी अलपत्र हुने चिन्ताले माइतीघर छाडेर कोठा लिएर बसेँ ।”

“साथीभाइ सबैले श्रीमान्बिरुद्ध मुद्दा दायर गरेर सम्पत्ति लिनु भन्छन् तर मसँग विवाह दर्ता प्रमाणपत्र छैन । मुद्दा गर्न पैसा पनि छैन । माइतीको भरोसा पनि छैन । मेरो कमाईले खान पनि पुग्दैन । सहयोगका लागि वडामा गए पनि कुनै उपाय लागेन”, ती महिलाको गुनासो छ । तीन , छ र नौ वर्षकी तीन छोरी साथमा लिएर घरबाट निस्किनुभएकी उहाँ केही समय साथीको घरमा बस्नुभयो । त्यहाँ पनि त्यसै बस्ने वातावरण नभएपछि भाडा तिरेर बस्न थालेको ती महिला बताउनुहुन्छ । पढ्ने लेख्ने समयमा विवाह गरेकीले अहिले मजदुरीको काम रोज्नु परेको उहाँको भनाइ छ ।

ती महिलासँगै मजदुरी गर्दै आउनुभएकी भक्तपुर नगरापालिका–८ कै अर्की एक महिला हुनुहुन्छ । उहाँको उमेर अहिले ५८ वर्ष लागिसक्यो । माइतीमा एक्लो छोरी रहनु भएकी ती महिलाको मागी विवाह भएको थियो । विवाह भएको पाँच वर्षसम्म सन्तान नपाउँदासमेत वैवाहिक जीवन सहजै चल्दै थियो । ती महिलाको विवाह भएको छ वर्षमा एकैपटक तीन छोरीलाई जन्म दिनुभयो । भनिन्छ, सन्तानको आगमनले वैवाहिक जीवनलाई थप खुसी, सुखी र बलियो बनाउँछ तर उहाँको जीवनमा भने त्यस्तो हुनसकेन । पहिलो सन्तान छोरीको जन्मसँगै उहाँलाई श्रीमान्ले साथ छाडे । सुत्केरीमा माइती जानुभएकी ती महिलालाई श्रीमान्ले घरपरिवारको कुरा सुनेर फर्केर पनि हेर्न आएनन् । तीन छोरीसहित माइतीमा बस्दै आउनुभएकी उहाँलाई आमाबुबा छउञ्जेल खासै समस्या झेल्नु परेन ।

बुबा व्यापारी भएकाले छोरीलाई आवश्यकपर्ने सम्पूर्ण खर्च बुबाआमाले बेहोर्दै आउनुभयो तर लामो समयदेखि माइती बस्दै आउनुभएकी ती महिलाको बुबाको मृत्युपछि दाजुभाइको व्यवहारले घरबाट निस्किन बाध्य गरायो । अहिले कोठामा एक्लै बस्नुहुने ती महिला भन्नुहुन्छ, “तीन छोरीमा माइली बिरामी भएर मरिन । दुई छोरीको बिहे गरिदिएँ । अहिले म एक्लै कोठामा बस्छु । श्रीमान्को जग्गा जमिन धरै भए पनि कानुनी उपचारका लागि खर्च गर्न मसँग पैसा छैन ।”

त्यस्तै भक्तपुर नगरपालिका–१० कमलविनायककी अर्की एक महिला पनि पाँच वर्षदेखि चार छोरीसँग भाडाको कोठामा बस्दै आउनुभएको छ । छ वर्ष अगाडि क्यान्सरले श्रीमान् बितेर एक्ली हुनुभएकी भएकी उहाँलाई छोरा नभएकै कारण सम्पत्ति नदिने भनी सासू र जेठाजुले घरबाट निकालेकाले कोठा बस्दै आउनुभएको छ । श्रीमान् भएसम्म अलि खटपट भए पनि घरै बस्दै आउनुभएकी उहाँलाई श्रीमान् बितेको एक वर्षमै घरबाट निकालिएपछि । अहिले ज्याला मजदुरी गरी छोरी र आफ्नो जीवन निर्वाह गर्दै आउनुभएको छ । “सम्पत्तिका नाममा भएको दुई वटा घर र सात रोपनी जग्गा सबै श्रीमान्को मृत्युपश्चात् जेठाजुका नाममा नामसारी गरे । मलाई केही पनि छैन । अरु मान्छे पठाएर कुरा गर्दा मेरो श्रीमान्को उपचारमै धेरै खर्च भयो । अब पाउँदिनस् भनेर पठाउँछन्”, उहाँ भन्नुहुन्छ, “सासुले तँ छोरा नभएकालाई सम्पत्ति किन चाहियो भन्नुहुन्छ । मुद्दा हाल्न मसँग नागरिकताको प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्र पनि छैन । सबै सासूसँग छ ।”

परम्परागत सोच हाबी भएको हाम्रो समाजमा अहिलेको जमानामा पनि छोरा नभए मर्ने बेला स्वर्गमा जान्न पाइँदैन भन्ने सोच छ । यसले गर्दा धेरै महिला यस्तो किसिमका घरेलु हिंसा सहन बाध्य भएको पाइन्छ । यसरी हिंसामा परेका महिलाका लागि आफू काम गर्ने थलो नै जीवन जीउने आधार बन्नाका साथै दुःख सुखको चौतारी बिसाउने थलो बनेको छ ।
महिलामाथि हिंसा भयो भने न्याय पाउनका लागि लिखितरुपमा प्रमाणित भएको कागजपत्रले उपचार पाउने कानुनी व्यवस्था छ । अधिवक्ता राजकुमार सुवालका अनुसार महिलाको हकमा विवाह दर्ता र जन्म दर्ता नभएकाको हकमा, महिलामाथि हिंसा भई छुट्टिएको अवस्थामा बच्चालाई विद्यालय भर्ना गरेको, अस्पतालले जन्मेका बेला दिएको कागजातलाई प्रमाणको रुपमा लिएर कानुनी उपाचार गराउन सकिन्छ ।

भक्तपुर महानगरीय प्रहरी प्रभावका महिला सेलका प्रमुख श्रीयङ्का बस्नेत छोरा नभएकै कारण घरबाट निकालिनु परेकामा अहिलेसम्म कुनै उजुरी नआएको बताउनुहुन्छ । श्रीमान् र घरपरिवारले कुटपिट गरेको खान नदिएको, श्रीमान् अन्य महिलासँग लागेको जस्ता उजुरी भने आउने गरेको उहाँको भनाइ छ । प्रहरीमा दर्ता भएका अधिकांश निवेदनमा दुवै पक्षका आफन्त बसेर मिलापत्र गराउने गरिएको महिला सेल प्रमुख बस्नेत बताउनुुहुन्छ । रासस