२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

समय सकिने बेलासम्म पनि निर्माण शुरु भएन

समय सकिने बेलासम्म पनि निर्माण शुरु भएन
अ अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराका कारण मनाङ पूर्णरुपमा सडक सञ्जालबाट टाँढिएको छ । डुम्रे–बेँसीशहर–चामे सडकखण्ड बाढीपहिराले सवारी सञ्चालन पूर्णरुपमा अवरुद्ध छ भने मानिस आवतजावत गर्न सक्ने अवस्था समेत छैन । 

अवरुद्ध सडक सञ्चालन गर्न निर्माण कम्पनीले सम्झौता गरे पनि हालसम्म सुरुआत भएको छैन । सडक मर्मत तथा सम्भार र निर्माणको काम सुरुआत नहुँदा आवतजावतका साथै सामग्री ढुवानीमा समस्या भएको स्थानीयवासीको भनाइ छ । निर्माण कम्पनीले दुई महिनामा सडक निर्माण गरी सामग्री ढुवानी र आउजाउलाई सहज बनाउने उद्देश्यले सम्झौता गरेअनुरुप निर्माणको काम नहुँदा स्थानीयवासी निराश बनेका छन् । 

गत असार १ गते आएको बाढीपहिराले सडकका धेरै स्थानमा क्षति पुर्‍याएको छ । केही ठाउँमा सडकको निसान समेत मेटिएको छ । छिटो निर्माण गरिने भनिएको सडकको हालसम्म पनि निर्माणको काम थाल्न सकिएको छैन । सडक निर्माणका लागि उत्तरगया कन्स्ट्रक्सन प्रालिसँग सडक डिभिजन कार्यालयले साउन पहिलो साता सम्झौता गरेको थियो । सम्झौताअनुसार काम नहुँदा सम्बन्धित निकायले चासो दिए पनि काम अगाडि नबढ्दा जिल्लावासी चिन्तित बनेका छन् । 

“सम्झौताअनुसार सडक निर्माणको समय सकिने अवस्था आइपुगेको छ, तर निर्माण कम्पनीले हालसम्म पनि काम थालेको छैन, स्थानीयवासीको आशा निराशामा परिणत भइरहेको छ”, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भन्नुभयो, “समयमा काम नथालिएमा निर्माण कम्पनीलाई कारवाही गर्छौं ।” पटकपटक छिटो काम अगाडि बढाउन दबाब दिइए पनि निर्माण कम्पनीले चासो नदिएको स्थानीयवासीको आरोप छ । 

निर्माण कम्पनीलाई दबाब दिइएको प्रजिअ लामिछानेले बताउनुभयो । समयमा निर्माणको काम नथाले कारवाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो । सडक सञ्जाल टुट्दाखेरी यहाँको भौतिक संरचना निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न र मेसिन ल्याउन नसक्दा अझ चिन्ता बढेको उहाँ बताउनुहुन्छ । गत साउन पहिलो साता रु दुई करोड बजेट व्यवस्थापन गरिएको भए पनि निर्माण कम्पनीले ५० प्रतिशत कम रु एक करोडमा सम्झौता गरेको थियो । कम मूल्यमा बोलपत्र पारेर काम नगर्ने र स्थानीयवासीको सहजताका लागि काम गर्नुपर्ने भए पनि निर्माण कम्पनीले काम नथालेर समय थप्दै निर्माणको काममा ढिलाइ गर्दै आइरहेको छ । 

निर्माण कम्पनी उत्तरगया कन्स्ट्रक्सन प्रालिका निर्देशक धनबहादुर गुरुङले काम नै नथालिएको भन्न नमिल्ने र काम सुरुआत गरिए पनि वर्षा भइरहदा समस्या भएको बताउनुभयो । “झरी पर्न रोकिएको छैन, एक दिन मौसम सफा भए पनि अर्को दिन पानी पर्छ, त्यसले गर्दा एक ठाउँ सडक बन्यो भनेर अर्को ठाउँमा बनाउँदै गर्दा बनेको ठाउँको सडक भत्किन्छ, त्यसैले ढिलाइ भएको हो”, गुरुङले भन्नुभयो । 

वर्षा नरोकिँदा सडक निर्माणमा ढिलाइ भएको समस्या देखाउँदै निर्माण कम्पनी पन्छिन खोजेको नासों गाउँपालिका–१ का वडाध्यक्ष झलकबहादुर गुरुङले बताउनुभयो । “बेँसीशहरबाट नासोंको प्रवेश स्थानमा आइपुग्न मुस्किल छ । सडक कहिले बन्ला र सहज होला भन्ने हामीलाई भइरहेको छ, स्थानीयवासी आफैं गएर सामग्री ल्याउन सक्ने अवस्था छैन, निर्माणका लागि दबाब दिँदादिँदै पनि मुखदर्शक बन्न बाध्य भएका छौं जनप्रतिनिधि”, उहाँले भन्नुभयो । 

लमजुङको केही भाग निर्माण भए पनि मनाङतर्फको भागमा निर्माणको थालनी भएको छैन । यसरी कम्पनीले निर्माण सम्पन्न गर्ने मितिअनुसारको काम नहुने र सम्झौता थप्दै बजेट सक्ने कार्यले मनाङ सडक सञ्जालबाट लामो समयसम्म टाढा रहने देखिएको छ । बेँसीशहर–चामे–खाङ्सार सडक खण्ड १०७ किलोमिटर छ । उक्त सडकअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित तलेखु–भ्राताङ भिरमा सडकको निर्माणको काम भइरहेको छ । हाल बाढीपहिराले सडकको निशान मेटिदिएपछि उक्त स्थानमा भीरको चट्टान कटान तथा बम प्रहार गरी सडक सञ्जाल निर्माणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । (रासस, नवीन लामिछाने )