११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

खोटाङ । आफ्नै हजुरआमा जन्तेढुङगा गाउँपालिका–५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या गरेको अभियोगमा झापा गौरादह नगरपालिका३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय निर बहादुर खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खोटाङ बराहपोखरी गाउँपालिका–५ पानिटारस्थित दुधकोशी नदीको बगरमा बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो तुलसाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा उनकै नाती निर बहादुर खड्काले हत्या गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा निर बहादुरले हजुरआमालाई वैशाख २६ गते ईटहरीबाट खोटाङ चिसापानीतर्फ लैजादै गर्दा बराहपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको खुल्न आएको छ ।

उनी उपर कर्तव्य ज्यान कसूर मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको छ ।