२५ भाद्र २०८३, बिहीबार
,
Latest
सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संसद् यसरी नै कहिलेसम्म चल्छ ?’ प्रधानमन्त्री देउवाको जवाफ, ‘ओलीजीलाई सोध्नुहोला’



अ+ अ-

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद बैठकमा अवरोध गर्दै नाराबाजीसहित बैठक चल्न दिएको छैन । 

बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे,– ‘प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ ?’ 

जवाफमा प्रधामन्त्री शेरबहादुर देउवाले – ‘ओलीजीलाई सोध्नुहोला’ भन्दै संक्षिप्त प्रतिक्रिया दिई बाहिरिनुभयो ।

प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ एमाले सांसदहरुले वेल घेरेका थिए । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले सांसदहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् । 

सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेर सहमतिको प्रयास गरेपनि सहमति जुट्न नसकेपछि बैठक भदौ २९ गते १ बजे बस्नेगरी स्थगित भएको छ ।