१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

समाजबादीका समस्या: मन्त्रीसहित १० सांसद पुनर्गठनको विपक्षीमा- पत्र सहित

समाजबादीका समस्या: मन्त्रीसहित १० सांसद पुनर्गठनको विपक्षीमा- पत्र सहित
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का १० सांसद मन्त्री हेरफेरको विपक्षमा देखिएका छन् । सो पार्टीबाट मन्त्री बनेकाहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै आफूहरु मन्त्रिमण्डल पुनर्गठन विरुद्ध रहेको बताएका हुन् ।

पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठ तथा छ जना सांसदले सो ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् ।

मन्त्रीहरुले पटकपटक आफूहरुलाई अपराधीजस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले मन्त्रिमण्डल गर्ने कुरालाई स्वाभाविक मान्न नसकिने पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

यसअघि अध्यक्ष नेपालले पार्टीका बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले बजेट अधिवेशन चलिरहेको र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने भन्दै मन्त्री हेरफेर गर्न आनाकानी गरिरहनुभएको छ ।

अहिले बजेट पारित भइसकेको छ । त्यसैले अध्यक्ष नेपालले पुनः मन्त्री हेरफेर गर्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई आग्रह गरेपछि एकीकृत समाजवादीका मन्त्रीहरु अध्यक्षप्रति रुष्ट बनेका छन् ।

अध्यक्ष नेपाललाई बुझाएको ध्यानाकर्षण पत्रमा उनीहरुले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजै÷भोलि मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न भनेका छन् ।

साथै नयाँ प्रस्ताव गरिएका मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित रहेको, महिलाको सहभागिता नभएको, गैर सांसद र एकैपटक एउटै जिल्लाबाट दुई जनाको मन्त्रीको नाम सिफारिस गरेको तथा पुराना र नयाँको सन्तुलन नमिलाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

उनीहरुले यी सबै विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गरेका छन् ।

ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्ने अन्य सांसदहरुमा कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु रहनुभएको छ ।