७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

‘प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिका उन्नयनमा अझै धेरै काम गर्नुपर्छ ’

‘प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिका उन्नयनमा अझै धेरै काम गर्नुपर्छ ’
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले साढे छ दशकमा नेपाली भाषा, साहित्य, संस्कृतिलाई स्वदेश एवं विदेशमा फिँजाउन अग्रणी भूमिका खेलेको बताउनुभएको छ ।

प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित राष्ट्रिय कविता महोत्सव शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका क्षेत्रलाई क्रियाशील रुपमा अघि बढाउन अझै महत्वपूर्ण काम गर्नुपर्ने भनाइ राख्नुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण सम्पन्न हुन लागेको र एक लाख ५० शब्द रहेको प्रज्ञा नेपाली बृहत् शब्दकोश तयार भएको प्रधानमन्त्री देउवाले जानकारी गराउनुभयो । रचनात्मक क्रियाकलाप गर्न प्रतिष्ठानलाई आवश्यक बजेट मन्त्रिपरिषद्मा सल्लाह गरेर उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले प्रतिष्ठानले तयार पारेको नेपाली बृहत् शब्दकोशको एपका कारण विश्वभरका नेपाली भाषीले यसको उपयोग गर्न सकेको बताउनुभयो ।

सनातन संस्कृति कोश, लोकवार्ता कोश जस्ता महत्वपूर्ण ग्रन्थ यसैवर्ष प्रकाशन गर्न लागिएको प्रतिष्ठानको संरक्षकसमेत रहनुभएका मन्त्री आलेले जानकारी दिनुभयो । काम बढी भएको प्रतिष्ठानको बजेट अर्थ मन्त्रालयले कटौती गरेकामा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । राष्ट्रिय योजना आयोगका संस्कृति हेर्ने सदस्य डा रामकुमार फुयाँलले प्रतिष्ठानलाई अध्ययन अनुसन्धानका क्षेत्रमा समय सापेक्ष विशिष्टिकृत संस्थाका रुपमा स्थापित गरिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठान जस्ता संस्थाको बजेट वृद्धि गर्न आफूले पटकपटक कुरा राखेको उहाँको भनाइ थियो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संविधान अनुसार नेपालको बहुलताका विषयमा प्रतिष्ठानले अध्ययन अनुसन्धान गराइरहेको जानकारी गराउनुभयो । छिमेकी देशका प्रज्ञा प्रतिष्ठानसँग पनि सहकार्य गरेर प्राज्ञिक आदानप्रदानका माध्यमबाट काम गरिरहेको जानकारी उहाँले दिनुभयो । पूर्व कूलपति वैरागी काइँलाले ज्ञान विज्ञानका क्षेत्रमा प्रतिष्ठानले गरिरहेका कामलाई अझै तीव्र रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले प्रतिष्ठान राष्ट्रको आवश्यकता पूर्ति गर्ने शिरफूलका रुपमा स्थापित संस्था भएको बताउनुभयो । सातै प्रदेशको परिचय दिने नेपाल दर्पण बजेट अभाव र कोरोना महामारीका कारण पूरा हुन नसकेको बताउनुभयो । नेपाललाई विश्वमा चिनाउने यस्ता पुस्तक छिट्टै प्रकाशनमा ल्याउन सरकारको पनि सहयोग आवश्यक परेको उहाँले सुनाउनुभयो ।

मधेश प्रदेशको इतिहास, भाषा, संस्कृति, सङ्गीत, कृषिलगायत विषयको अध्ययन गरी भदौमा पुस्तक प्रकाशनको तयारी गरिएको प्रतिष्ठानले जनाएको छ । अन्य प्रदेशमा भने यस्तो गर्न नसकिएको उहाँले गुनासो गर्नुभयो । प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले चालु आर्थिक वर्षको बजेटमा निवृत्तिभरणमा शून्य गरिएकामा दुःख प्रकट गर्नुभयो ।

प्रकाशनको तयारीमा १५० पुस्तक रहेपनि बजेट नभएकाले समस्या आएको उहाँको भनाइ थियो । वाल्मीकि रामायण, प्रज्ञा नेपाली शब्दकोशलगायत देशकै गौरव बढाउने कृति छाप्नसमेत पैसा नभएकाले व्यवस्था गरिदिन माग गर्नुभएको थियो । महोत्सव आयोजक समितिका संयोजक प्राज्ञ हेमनाथ पौडेलले प्रतिष्ठानले कवितालाई विशेष महत्व दिएर विसं २०२२ देखि कविता महोत्सव सुरु गरेको जानकारी गराउनुभयो ।

विसं २०२२ मा सुरु भएको महोत्वस अहिलेसम्म विसं २०४७, २०६३ देखि २०६६ सम्म प्राज्ञ परिषद् गठन नभएका कारण रोकिएको थियो । अहिलेसम्म महोत्सवबाट पहिलो, दोस्रो, तेस्रो गरी २६० जना स्रष्टा पुरस्कृत भइसकेका छन् । यसवर्ष पनि पहिलो, दोस्रो दुई र तेस्रो तीन जना गरी पाँच जनालाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ ।

यसवर्ष महोत्सवका लागि ५८८ कविता देश विदेशबाट प्राप्त भएका थिए । त्यसमध्येबाट ३० कविता आज वाचनका लागि छनोट गरिएको छ । अप्रतियोगी १५ कविता पनि वाचन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी दिनुभयो । विदेशमा रहेका कवि एवं कवयित्रीले भिडियोबाट नै कविता वाचन गर्न सक्ने व्यवस्था गरिएको छ । कविता वाचन सकिएपछि आजै साँझ प्रतिष्ठानको प्राज्ञ परिषद्ले परिणाम सार्वजनिक गर्ने जनाइएको छ । रासस