७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बाग्मती प्रदेशमा तीन नेताको कसरत, इन्द्र बानियाँ मुख्यमन्त्री होलान् ?

बाग्मती प्रदेशमा तीन नेताको कसरत, इन्द्र बानियाँ मुख्यमन्त्री होलान् ?
फाइल फोटो
अ+ अ-

वर्तमान सत्तारुढ गठबन्धनमा सामेल प्रमुख तीन दल ( नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच बाग्मती प्रदेश सरकारको नेतृत्वबारे लिखित सहमति नै भएको कुरा सार्वजनिक भएको छ ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नियुक्ती हुनुअघि भएको लिखित सहमतिमा आधा अवधिपछि कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने उल्लेख छ ।

२०७८ साल कात्तिक ११ गते नेकपा एसका पाण्डे बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । त्यतिबेलै छ महिनापछि कांग्रेसले नेतृत्व पाउने सहमति भएको चर्चा भएपनि कुनै सहमतिको दस्तावेज सार्वजनिक गरिएको थिएन ।

तर अहिले सार्वजनिक भएको सहमति पत्रमा प्रदेशसभाको बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा बानियाँ मुख्यमन्त्री बन्ने उल्लेख छ ।

‘सहमति पत्रमा एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका तर्फबाट शालिकराम जमकट्टेल र नेपाली काँग्रेसका तर्फबाट इन्द्रप्रसाद बानियाँले हस्ताक्षर गर्नु भएको थियो ।

उक्त सहमति पत्रमा भनिएको छः

‘बाग्मती प्रदेश सरकारको मुख्यमन्त्री नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) वागमती प्रदेश संसदीय दलका नेता, प्रदेशसभा सदस्य माननीय राजेन्द्रप्रसाद पाण्डेलाई बनाउने । उहाँ मुख्यमन्त्रीमा नियुक्त भएको मितिले प्रदेशसभाको बाँकी अवधीमध्ये आधा अवधि पहिलो चरणमा मुख्यमन्त्री रहने र दोस्रो आधा अवधि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री रहने ।’

यसबीच राजेन्द्र पाण्डे मुख्यमन्त्री भएको आठ महिना पुगिसकेको छ । संघीय सरकारले मंसिरमै आमनिर्वाचन गराउने तयारी थालेको छ । त्यसो हुँदा प्रदेशसभाको कार्यकाल अब पाँच महिनामात्रै बाँकी छ ।

प्रदेश सरकारको नेतृत्व हस्तान्तरण गर्न कांग्रेसले गठबन्धन दलहरुलाई आग्रह गर्दै आए पनि कार्यान्वयन हुन सकेको छैन । यद्यपी, पाँच दलीय केन्द्रीय नेतृत्वले पनि प्रदेशमा सरकारहरु फेरबदल गर्न खासै चासो दिएको छैन ।