• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी ★   अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छः महासचिव चन्द ★   देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुनेः ओली ★   वेल्सकी राजकुमारी क्याथरिन क्यान्सर घोषणा पश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा सामेल हुने ★   जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा ★   पाथीभरामा जेठ महिनामा मात्रै १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन ★   सूचना प्रविधि विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छः अर्थमन्त्री पुन ★   प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैनः महामन्त्री थापा ★   भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास ★   क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्ः राजेन्द्र लिङ्देन

कानुनमन्त्री शर्मा भन्नुहुन्छ, न्यायाधीश–वकिल संवादमाथि छानबिन भइरहेको छ



गाेविन्द कोइराला शर्मा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद कोइराला शर्माले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको कुराकानीको अडियोबारे छानबिन भइरहेको बताउनु भएको छ ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे कुराकानी भएको अडियो बुधबार सार्वजनिक भएको थियो ।

बिहीबार संघीय संसद भवनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको जानकारी दिनु भएको हो ।

‘जुन अडियो बाहिर सार्वजनिक भएको छ । त्यसको सत्यतथ्य खोजबिन गर्दैछौं । कति ठीक, कति बेठीक भनेर छानबिन गर्न समिति नै गठन गरिएको छ’ मन्त्री शर्माले बताउनुभयो ।

न्यायालयमा विकृति र विसंगति बढ्दै गएकोप्रति असन्तुष्टी जनाउँदै मन्त्री शर्माले न्यायालयभित्र स्वच्छता कायम गर्नेतर्फ विभिन्न उपायमाथि छलफल भइरहेको पनि बताउनुभयो ।