२५ भाद्र २०८३, बिहीबार
,
Latest
सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामन्था र नागाको वैवाहिक सम्बन्धमा कसरी आयो खटपट ?



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यको वैवाहिक सम्बन्धमा खटपट आएको छ । 

उनीहरुले सन् २०१७ मा विवाह गरेका थिए । यो जोडी दक्षिण भारतीय फिल्मको सुन्दर जोडीका रुपमा परिचित छन् ।

केही समयअघिदेखि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर सार्वजनिक भएको थियो । यो जोडीले हालैमात्र म्यारिज काउन्सलरसँग भेटघाट गरेका छन् ।

रिपोर्ट अनुसार यो जोडी सम्बन्धविच्छेदको तयारीमा छन् । यसको कारण नागाको सन्तान जन्माउने चाहना रहेको बताइएको छ । नागा सामन्थाले केही समयका लागि फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने चाहन्छन् । तर सामन्था भने आफ्नो करियरको उत्कृष्ट समयमा पुगेकाले उनी तत्काल फिल्म छोड्न चाहँदिनन् ।

उनीहरुले आफूहरुबीचको मतभेदलाई समाधान गर्न म्यारिज काउन्सलरसँग भेट गरेको खुल्नमा आएको छ । उनीहरुको सम्बन्धविच्छेद हुन लागेको खबर केही समय यता चलिरहे पनि यद्यपि अक्किनेनी परिवारले यो कुराको हालसम्म पुष्टि गरेको छैन ।