१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्तको अर्थ हुन्न, केही घण्टाभित्रै निर्णय कार्यान्वयन हुन्छ: जगन्नाथ खतिवडा



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आफ्ना मन्त्रीहरु हेरफेर गरेको निर्णय अब दिनमा नभएर केही घण्टामै हुनुपर्ने निर्णय गरेको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार सचिवालय र स्थायी कमिटीको निर्णय बिनासर्त लागु हुनुपर्ने बताए ।

पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको निर्णय मान्न मन्त्रीहरुले कुनै सर्त राख्न नमिल्ने जिकिर गरे । स्थायी कमिटी बैठकको निर्णय नै अन्तिम हुने उनको भनाइ थियो ।

उनले भने, “पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एकमात्र सर्त हो, अरु व्यक्तिगत सर्तको अर्थ हुन्न । अब यो निर्णय केही दिनमा होइन केही घण्टामा लागू हुनुपर्छ ।”

सो पार्टीका मन्त्रीहरुले आफूहरुलाई हटाउनका लागि पार्टी अध्यक्ष माधव नेपालसँग विभिन्न पाँचवटा सर्त राखेका थिए ।

उनीहरुले नयाँ मन्त्रीहरु समावेशी आधारमा छानिनुपर्ने, गैरसांसदलाई मन्त्री बनाउन नहुने, एकै जिल्लाका दुई जनालाई मन्त्री बनाउन नहुने, राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने र राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खने सर्त राखेका थिए ।

प्रचार विभाग प्रमुख खतिवडाले स्थायी कमिटिको बैठकले निर्णय गरिसकेपछि त्यस्ता सर्तको कुनै अर्थ नहुने बताए ।