१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

समाजवादीमा संकट: तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने !

समाजवादीमा संकट: तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने !
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को मागबमोजिम तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने भएको छ । पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम पठाउन गरेको आग्रह (दबाव) लाई प्रधानमन्त्री शेरबहादुर देउवाले नमान्ने संकेत गर्नुभएको छ ।

पटक पटक नेपाल र खनालले प्रधानमन्त्री देउवालाई पार्टीको निर्णय कार्यन्वयनका लागि आग्रह मुलक दवाब दिएपनि देउवाले गम्भिर रुपमा नलिएको स्रोतले बतायो । शीर्षनेताहरु संग कुरा भएलगत्तै प्रधानमन्त्री देउवाले समाजबादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरु संग एकल र सामुहिक छलफल समेत गर्नुभएको थियो । छलफलमा एक मन्त्रीले देउवालाई राजीनामा पत्र देखाउदै त्यस पछिको अबस्था बिचार गर्न चुनौति समेत दिनु भएको स्रोतले बतायो ।

मन्त्री फेर्न अध्यक्ष नेपाल भन्दा बढी सम्मानित नेता खनालले जोड दिनु भएको छ । जसका कारण समाजबादीका मन्त्रीहरुले पार्टीको सार्वजनिक कार्यक्रम र सामाजिक संञ्जालमा घुमाउरो पारामा खनाल माथी असन्तुष्टि जनाउदै आएका छन्

प्रधानमन्त्री देउवासँग भेटमा मन्त्रीहरुले आफूहरुलाई फिर्ता गरिए पार्टी नै फुटाउने वा अर्को पार्टीमा जाने बताएपछि प्रधानमन्त्री देउवा मन्त्रिमण्डल पुनर्गठन गर्न हच्किनुभएको स्रोतले बताएको छ । स्रोतका अनुसार पार्टी फुटाए वा अर्को पार्टीमा गए सरकार नै अल्पमतमा पर्ने भयले प्रधानमन्त्री देउवा मन्त्रिमण्डल पुनर्गठन नगर्ने निष्कर्षमा पुग्नुभएको हो ।

बुधबार एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवास कोटेश्वरमा भेला भएका पार्टीका मन्त्रीहरुसँग अध्यक्ष नेपालको चर्काचर्की परेको थियो । भेटमा मन्त्रीहरुले आफूहरुलाई हटाउनुपर्ने चित्तबुझ्दो कारण के हो भन्दै के कारणले नयाँलाई मन्त्री बनाउनु पर्ने हो त्यसको औचित्य पुष्टि गर्न चेतावनी दिएका थिए ।

पर्यटनमन्त्री प्रेम आलेले आफूलाई हटाउने हो भने सांसद धनबहादुर बुढालाई मन्त्री बनाउनुपर्ने, गैरसांसदलाई मन्त्री बनाउन नपाइने र एक जना महिलालाई मन्त्री अनिवार्य रूपमा बनाउन माग गर्नुभएको थियो

यसैगरी अर्का एक मन्त्रीले एउटै जिल्लाका दुई जनालाई मन्त्री बनाउन नपाइने, क्षेत्र, भूगोल र समावेशी हुनुपर्ने तथा राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने माग राखेका थिए ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले फोहोर मैला व्यवस्थापन लगायतका काम राम्रै गरेको भन्दै आफूलाई हटाउनुपर्ने चित्तबुझ्दो कारण माग गरेपछि झाँक्री र अध्यक्ष नेपालबीच भनाभनसमेत भएको थियो ।

यसैबीच मन्त्री झाँक्रीले सामाजिक सञ्जालमा अस्तित्वका लागि संघर्ष भन्दै सामग्री पोस्ट गर्नुभएको छ ।

यसैबीच आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई फिर्ता गरेर नयाँ नाम पठाउन अध्यक्ष नेपालले आफ्नो सक्रियतालाई बढाउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम पठाउन गरेको सिफारिसलाई कार्यान्वयन गर्न आनाकानी गरे पनि अध्यक्ष नेपालको दौडधुप बढोको हो ।

उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा मन्त्रिमण्डल पुनर्गठन हुनुपर्ने बताउनुभएको छ । आफ्नो निवास कोटेश्वरमा आएका अध्यक्ष प्रचण्डसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

त्यसपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष नेपालले प्रधानमन्त्री देउवासमक्ष मन्त्रिमण्डल पुनर्गठन का बारेमा कुराकानी गर्नुभएको छ । भेटमा अध्यक्ष नेपालले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई बनाउन दबाव दिनुभएको थियो ।

बुधबार गठबन्धनको बैठकमा पनि मन्त्रिपरिषद् पुनर्गठन का बारेमा कुरा उठेको भए पनि प्रधानमन्त्री देउवाले सोबारे पछि छुट्टै कुराकानी गर्ने भनेर पन्छाउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले बजेट पारित भएपछि मन्त्रीहरु फेर्ने वचन दिनुभएको थियो । अहिले अध्यक्ष नेपालले सोही वचनलाई कार्यान्वयन गर्न आफ्नो दबावलाई बढाउनुभएको हो ।