९ असार २०८३, मंगलवार
,
Latest
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईपांग्रे सवारीको अन्तशुल्क र सडक कर बढ्यो, मोटरसाइकल र स्कुटरका मूल्य बढ्ने



अ+ अ-

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत दुईपांग्रे सवारीसाधनको अन्तशुल्क र सडक कर बढाएको छ । 

यसबाट अब विदेशबाट आयातित मोटरसाइकल तथा स्कुटरहरुको भाउ वृद्धि हुने भएको छ ।

सवारीसाधनमा २७० प्रतिशत कर असुल्दै आएको सरकारले दुईपांग्रे सवारीसाधनमाथिको अन्तशुल्क र सडक कर बढाएको हो । 

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश खारेज गर्दै ल्याएको प्रतिस्थापन विधेयकमा कर थप गरेका हुन् ।

अब १२५ सीसीदेखि १५५ सीसीसम्मका मोटरसाइकल मूल्य बढेर आउने भएका छन् । १२५ भन्दा माथि र १५५ सीसीसम्मका दुईपांग्रे सवारीसाधनको सडक दस्तुर प्रतिगोटा ३ हजार बढाइएको छ ।

वर्तमान सरकारले विधेयकमार्फत १२५ सीसी ननाघेका मोटरसाइकलमा ४० प्रतिशत अन्तशुल्क तोकेको छ । १२५ देखि २०० सीसी सम्मको बाइकलाई १० प्रतिशत अन्तशुल्क वृद्धि गरेर ५० प्रतिशत पुर्‍याएको छ ।

२०० सीसीदेखि २५० सीसी सम्मका मोटरसाइलकमा ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ ।

५०० देखि ८०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा बढाएर १०० प्रतिशत यो सरकारले पुर्याएको छ ।

यस्तै अन्तशुल्क वृद्धि नभए पनि नेपालमा नै एसेम्बल भएका सवारीसाधनमा ३ हजार रूपैयाँ सडक दस्तुर शुल्क भने बढ्ने छ । बढेको सडक दस्तुरका कारण उपभोक्तालाई केही भार थपिनेछ ।