७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

जथाभावी निर्माण सामाग्री थुपार्दा…

जथाभावी निर्माण सामाग्री थुपार्दा…
अ+ अ-

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी थुपारिएका निर्माण सामग्री हटाउन सुरु गरेको छ । निर्माण कम्पनी तथा विभिन्न व्यवसायीले नगरपालिकाको चोक, चौराहा, खुला स्थान तथा बाटोको छेउछाउमा अनधिकृतरूपमा थुपारेका ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल, माटोजस्ता निर्माण सामग्री बुधबारदेखि हटाउन सुरु गरेको हो ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरी पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने निर्माण व्यवसायीका निर्माण सामग्री हटाउन सुरु गरेको नगरप्रमुख रामलाल डगौरा थारूले बताउनुभयो । “निर्माण सामग्री जथाभावी राख्दा बजारको सौन्दर्यतामा असर परेको गुनासा धेरै आए, त्यसका साथै दुर्घटना बढेका, निर्माण सामग्री हावाहुरीले उडाउँदा विभिन्न स्वास्थ्य समस्या बढेका गुनासा आउन थाले”, उहाँले भन्नुभयो, “हामीले पटक–पटक सूचना गरेर सामग्री हटाउन अनुरोध गर्यौँ, सबैलाई पहिलो चरण, दोस्रो चरण अनुगमन गरेर हटाउन समय पनि दियौँ, अटेर गर्नेहरूको सामान अब आफैँले व्यवस्थापन गर्न थालेका छौँ ।”

उहाँले अटेर गर्नेहरूका सामग्री नगरपालिकाले आवश्यक भएका ठाउँमा सदुपयोग गर्ने जानकारी दिनुभयो । “धेरै व्यवसायीले नगरपालिकाको सूचनापछि हटाउनुभएको छ, केहीले अटेर गर्नुभएको हो”, उहाँ भन्नुहुन्छ, “जथाभावीरूपमा राखिएका सामग्रीले नगरपालिकाको स्वरुप नै बिगारेका कारण खाली गराउने नगरपालिकाको अभियान जारी रहनेछ ।”

नगरउपप्रमुख खड्कबहादुर शाहले पटक–पटक सामग्री उठाउन ताकेता गर्दा पनि केही व्यवसायीले अटेर गर्दा कारबाहीस्वरुप सामग्री उठाउनुपरेको बताउनुभयो । “नगरपालिकाले सञ्चालन गरेको यो अभियानमा सबैलाई सहभागी भई नगरको सुन्दरता बढाउने कार्यमा सघाउन आग्रह गर्छु”, उहाँले भन्नुभयो, “नगरपालिकाका खुला ठाउँ हराभरा बनाउने अभियान छ ।”

टीकापुर –१ भित्र ३२ स्थानमा अनधिकृतरूपमा ढुङ्गा, गिट्टी, बालुवा, माटो र ग्राभेल थुपारेको तथ्याङ्क नगरपालिकासँग छ । यीमध्ये केही निर्माण व्यवसायीले नगरपालिकाले हटाउने सूचना जारी गर्दा आफैँ हटाउन सुरु गरेका छन् । त्यसमध्येका एक जना निर्माण व्यवसायी पूर्णबहादुर ठकुल्लाले आफूले पनि पहिले सडकको छेउछाउमा निर्माण सामग्री थुपारेको र अहिले त्यसलाई हटाउन थालेको बताउनुभयो । “मैले पनि नगरपालिकाका खुला ठाउँमा सामग्री राखेको थिए । नगरपालिकाले सूचना गरेपछि हटाउन थालेको छु”, उहाँले भन्नुभयो, “नगर सुन्दर बनाउने अभियान हाम्र्रो पनि हो । अबको दुई दिनभित्र आफूले थुपारेको सबै सामग्री हटाइसक्नेछु ।”

केही निर्माण व्यवसायी भने निर्माण सामग्री हटाउनुको साटो उल्टै वादविवादमा उत्रिएका छन् । निर्माण व्यवसायी वादविवादमा उत्रिँदा नगरपालिकाको सामग्री उठाउन गएको नगरप्रमुख र उपप्रमुखसहितको टोली र निर्माण व्यवसायीबीच बुधबार केही समय भनाभनसमेत भएको थियो । सामान उठाउन अटेर गरी भनाभनमा उत्रिएका निर्माण व्यवसायी टीका रावललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

व्यवसायी रावललाई केही दिनभित्र सार्वजनिक स्थानमा रहेका आफ्ना सबै निर्माण सामग्री हटाउने प्रतिबद्धतापछि सम्झाई–बुझाई छोडिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । नगरपालिकाले उठाएका निर्माण सामग्रीहरू नगरपालिकाले सार्वजनिक काम नै लगाउने बताएको छ ।