२५ भाद्र २०८३, बिहीबार
,
Latest
सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो नेपाल



अ+ अ-

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिम बंगलादेशसँग बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरीखेलेको हो ।

आक्रामक रुपमा प्रस्तुत भएपनि दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। 

नेपालले बंगलादेशसँग दोस्रो पटक बराबरी खेलेको हो ।

नेपालकी गीता राना मोस्ट भ्यालुएबल खेलाडी घोषित भएकी छन् ।

एएफसी महिला एसियन कप(२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

बिहीबार भएको पहिलो खेलमा नेपाल २–१ गोलले विजयी बनेको थियो । 

एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ।

समूह ुएफु मा रहेको नेपालले समूहको छनोट चरणमा फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गरेर अगाडी बढ्नेछ ।