२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो नेपाल



अ+ अ-

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिम बंगलादेशसँग बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरीखेलेको हो ।

आक्रामक रुपमा प्रस्तुत भएपनि दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। 

नेपालले बंगलादेशसँग दोस्रो पटक बराबरी खेलेको हो ।

नेपालकी गीता राना मोस्ट भ्यालुएबल खेलाडी घोषित भएकी छन् ।

एएफसी महिला एसियन कप(२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

बिहीबार भएको पहिलो खेलमा नेपाल २–१ गोलले विजयी बनेको थियो । 

एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ।

समूह ुएफु मा रहेको नेपालले समूहको छनोट चरणमा फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गरेर अगाडी बढ्नेछ ।