२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जीवन पद्धतिलाई विद्युत्सँग जोड्नुपर्छ’



अ+ अ-

गण्डकी । मानिसले आफ्नो जीवन पद्धति विद्युतीकरणमा जोड्दै लैजानुपर्ने आवश्यकता औँल्याइएको छ । प्रकृति रिसोस्सेस सेन्टरद्वारा आज पोखरामा आयोजना गरेको कार्यक्रममा वक्ताले जलवायु परिवर्तनको असर कम गर्न यातायात तथा खाना पकाउनेजस्ता मानवीय गतिविधि विद्युत्सँग जोड्नुपर्ने बताएका हुन् । 

विद्युत् उत्पादनसँग यसको मानव जीवनका हरेक पक्षमा उपयोग हुने गरी खपतको वातावरण तयार गर्नुपर्ने बताउँदै उनीहरूले नवीकरणीय ऊर्जाको माध्यमबाट विद्युतीकरणलाई थप सहज र सरल बनाउन सकिने बताएका हुन् । हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तन अनुकूलनका लागि विद्युतीय उपकरणको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै उनीहरूले ठूला विद्युत् योजनासँगै हावा, सौर्यलगायत वायोग्यासजस्ता नवीकरणीय ऊर्जामा जोड दिनुपर्ने धारणा राखे । 

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिहरण आचार्यले नवीकरणीय ऊर्जाका दृष्टिले अग्रहणी स्थानमा रहेको गण्डकी प्रदेशमा सरकारले गण्डकी प्रदेश उज्यालो प्रदेश अभियानलाई सञ्चालन गरी रहेको बताउनुभयो ।

प्रदेशका हरेक सर्वसाधारणको पहुँचमा विद्युतीकरण पुग्ने गरी व्यवस्था गर्न लागिएको बताउँदै उहाँले नवीकरणीय ऊर्जाको सम्भावनालाई उजागर गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो । सहरीकरण एवम् बस्ती विकाससँगै चुनौतीका रूपमा थुप्रिएको फोहरलाई उपयोग गरी ऊर्जा निकाल्न सकिने भए पनि त्यसतर्पm ध्यान पु¥याउन नसकिएको उहाँले बताउनुभयो । मन्त्री आचार्यले फोहरलाई नवीकरणीय ऊर्जाका माध्यमबाट मोहोर बनाउनेतर्फ सरोकारवालाको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।

 प्रदेशसभा सदस्य सरिता गुरुङले परम्परागत दाउराको प्रयोगबाट खाना पकाउने प्रचलनले गृहिणीको स्वास्थ्यमा असर परेको अवस्थालाई दृष्टिगत गर्दै विद्युतीय सामग्रीको प्रयोगलाई जोड दिनुपर्ने बताउनुभयो । प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुभास अधिकारीले विश्वव्यापी रूपमा पैmलिएको कोभिडभन्दा पनि जलवायु परिवर्तन खतरा भएको बताउँदै यसको न्यूनीकरणका लागि विश्व नै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जा उत्पादन र खपतमा प्रदेश सरकारलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजित गरिएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ, उज्यालो गण्डकी प्रदेश महाशाखा प्रमुख हरिदत्त पौडेल, वायु प्रदूषण र यातायात विज्ञ प्रशान्त खनाल, शोभा महर्जन, गण्डकी प्रदेश नवीकरणीय ऊर्जाका कुसल गुरुङ, जीवन अर्याललगायतले नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना बोकेको गण्डकी प्रदेशले विद्युतीय सामग्रीको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।