२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

‘जीवन पद्धतिलाई विद्युत्सँग जोड्नुपर्छ’

‘जीवन पद्धतिलाई विद्युत्सँग जोड्नुपर्छ’
अ अ+ अ-

गण्डकी । मानिसले आफ्नो जीवन पद्धति विद्युतीकरणमा जोड्दै लैजानुपर्ने आवश्यकता औँल्याइएको छ । प्रकृति रिसोस्सेस सेन्टरद्वारा आज पोखरामा आयोजना गरेको कार्यक्रममा वक्ताले जलवायु परिवर्तनको असर कम गर्न यातायात तथा खाना पकाउनेजस्ता मानवीय गतिविधि विद्युत्सँग जोड्नुपर्ने बताएका हुन् । 

विद्युत् उत्पादनसँग यसको मानव जीवनका हरेक पक्षमा उपयोग हुने गरी खपतको वातावरण तयार गर्नुपर्ने बताउँदै उनीहरूले नवीकरणीय ऊर्जाको माध्यमबाट विद्युतीकरणलाई थप सहज र सरल बनाउन सकिने बताएका हुन् । हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तन अनुकूलनका लागि विद्युतीय उपकरणको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै उनीहरूले ठूला विद्युत् योजनासँगै हावा, सौर्यलगायत वायोग्यासजस्ता नवीकरणीय ऊर्जामा जोड दिनुपर्ने धारणा राखे । 

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिहरण आचार्यले नवीकरणीय ऊर्जाका दृष्टिले अग्रहणी स्थानमा रहेको गण्डकी प्रदेशमा सरकारले गण्डकी प्रदेश उज्यालो प्रदेश अभियानलाई सञ्चालन गरी रहेको बताउनुभयो ।

प्रदेशका हरेक सर्वसाधारणको पहुँचमा विद्युतीकरण पुग्ने गरी व्यवस्था गर्न लागिएको बताउँदै उहाँले नवीकरणीय ऊर्जाको सम्भावनालाई उजागर गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो । सहरीकरण एवम् बस्ती विकाससँगै चुनौतीका रूपमा थुप्रिएको फोहरलाई उपयोग गरी ऊर्जा निकाल्न सकिने भए पनि त्यसतर्पm ध्यान पु¥याउन नसकिएको उहाँले बताउनुभयो । मन्त्री आचार्यले फोहरलाई नवीकरणीय ऊर्जाका माध्यमबाट मोहोर बनाउनेतर्फ सरोकारवालाको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।

 प्रदेशसभा सदस्य सरिता गुरुङले परम्परागत दाउराको प्रयोगबाट खाना पकाउने प्रचलनले गृहिणीको स्वास्थ्यमा असर परेको अवस्थालाई दृष्टिगत गर्दै विद्युतीय सामग्रीको प्रयोगलाई जोड दिनुपर्ने बताउनुभयो । प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुभास अधिकारीले विश्वव्यापी रूपमा पैmलिएको कोभिडभन्दा पनि जलवायु परिवर्तन खतरा भएको बताउँदै यसको न्यूनीकरणका लागि विश्व नै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जा उत्पादन र खपतमा प्रदेश सरकारलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजित गरिएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ, उज्यालो गण्डकी प्रदेश महाशाखा प्रमुख हरिदत्त पौडेल, वायु प्रदूषण र यातायात विज्ञ प्रशान्त खनाल, शोभा महर्जन, गण्डकी प्रदेश नवीकरणीय ऊर्जाका कुसल गुरुङ, जीवन अर्याललगायतले नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना बोकेको गण्डकी प्रदेशले विद्युतीय सामग्रीको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।