• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कपासेमा जिप दुर्घटना, एकको मृत्यु चार घाइते



सुर्खेत । सुर्खेत दैलेख खण्डअन्तर्गत कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गलामा रहेको मौसमी राडारको अनुगमन गरेर वीरेन्द्रनगरतर्फ फर्किंदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथि मोडमा दुर्घटनामा परेको हो ।

बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेसीमलका प्रहरी नायब निरीक्षक विमल डाँगीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । रुकुमपश्चिम चौरजहारी नगरपालिका घर भई जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा कार्यरत इञ्जिनियर धर्म बुढाथोकीको दुर्घटनामा परी मृत्यु भएको छ ।

प्रहरी नायब निरीक्षक डाँगीका अनुसार दुर्घटनामा इञ्जिनियर (जल विज्ञान सहायक) सरस्वती विष्ट, सवारी चालक कोहलपुरका बाबुराम गुरुङ र असराघाटमा रहेको बाढी मापन केन्द्रमा कार्यरत कर्मचारीको श्रीमती घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।