• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नारायणमान विजुक्छेँलाई पत्नीशोक



काठमाडौं । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ।

उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा आज अपराह्न निधन भएको हो ।

रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान विजुक्छेँसँग ११ मंसीर २०४० मा विवाह भएको थियो । उनीहरुका सुवेग र सुवानगरी दुई छोरा छन् ।

लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो ।