२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा कोभिड १९ सङ्कट व्यवस्थापन विधेयक प्रस्तुत



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ प्रस्तुत भएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयक प्रस्तुत नगर्न कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएको सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले जानकारी गराउनुभयो ।

आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि सदस्यले छलफलमा भाग लिने क्रम सकिएको छ । आगामी बैठकमा छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम हुनेछ छ ।

सभाको अर्को बैठक यही असार ९ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।