८ श्रावण २०८३, शुक्रबार
,
Latest
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’ झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’ मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयारः निर्यात व्यवसायी महासंघ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानीले पाँच शय्याको अस्पताल निर्माण गर्ने



अ+ अ-

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले पाँच शय्याको अस्पताल निर्माण गर्ने भएको छ । आगामी साउनबाट तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा पालिकाले पाँच शय्याको अस्पताल निर्माण गरिने गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईं जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पताल निर्माणका लागि डिपिआरसमेत तयार भइसकेको छ । आउने साउन महिनाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । डिपिआर सबैको सहमतिमा पास भएको छ ।”

अस्पतालका लागि आवश्यक जग्गासमेत प्राप्त भइसकेको छ । गाउँमै निर्माण हुने अस्पतालले स्थानीयवासीलाई राहत मिल्ने छ । गाउँमा नै सुत्केरी गराउनेको सङ्ख्या वृद्धि हुने र स्वास्थ्य सेवाको राम्रो पहुँच वृद्धि गर्ने उद्देश्यले सो अस्पताल निर्माण गर्न लागिपरेको अध्यक्ष चौलागार्इंले जानकारी दिनुभयो ।

अस्पताल निर्माणका लागि सोही गाउँपालिका–६ निवासी विष्णु रोकायाले तीन हजार ८३८ वर्गमिटर जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । निःशुल्क रुपा दिइएको जग्गा पालिकाका नाममा पाससमेत भएर आइसकेको छ । अस्पताल निर्माण भएपछि यहाँका सबै वडाका स्थानीयवासीले सहजै रुपमा गाउँमा सुविधा स्वास्थ्य सेवा पाउने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बीस लाख लगानीमा डिपिआर तयार भएको छ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चिततासमेत गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिनुभयो ।