• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति ★   जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा ★   गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार? ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा

निर्वाचन आयोगमा रवि लामिछानेविरुद्ध उजुरी



काठमाडौँ । सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगमा लामिछानेले दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै स्वतन्त्र उम्मेदवारी अभियानले उजुरी दिएको हो ।

लामिछानेले निर्वाचन आयोगमा मंगलबार ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन दिएका थिए । तर दलको नाममा राखिएको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारलाई नै भ्रममा पार्ने भन्दै अभियानले आयोगमा उजुरी दिएको हो ।

डम्बर साहु, मनोज पण्डित , राजकुमार बजगाई , पुष्कर शाह लगायतले ले संविधानमा कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध नभई स्वतन्त्ररुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल भएको उजुरीमा बताउनुभएको छ ।

उहाँले उजुरीमा परम्परागत राजनीतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरु राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरुले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।