६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एमसिसीलाई राजनीतीकरण गरियो’



अ+ अ-

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारले एमसिसीलाई नेपालमा राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेको आरोप लगाएकी छन्। चारदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किनुअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘एमसिसी अमेरिकी जनताका तर्फबाट गरिएको निस्वार्थ आर्थिक सहयोग भए पनि नेपालमा यसमा राजनीतीकरण गर्ने र भ्रम सिर्जना गर्ने काम भयो।’

सुमारले नेपालमा यो सम्झौता संसद्बाट अनुमोदनका लागि ढिला भइसकेको बताइन्। सँगसँगै उनले नेपालको संसद्ले यसलाई छिटै अनुमोदन गर्ने विश्वास पनि व्यक्त गरिन्। उनले एमसिसीमा कुनै सैन्य स्वार्थ नरहेको र विगतमा अमेरिकाले नेपाललाई गरेको सहयोगकै निरन्तरता भएको स्पष्ट पारिन्। एमसिसी नेपालकै आग्रहमा गरिएको सम्झौता भएकाले यसमा अनावश्यक आशंका गर्न नहुने उनको भनाइ थियो।

गत बिहीबार नेपाल आएकी सुमारले यहाँको बसाइका क्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई तथा उपेन्द्र यादव, ऊर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरिन्। राजनीतिक भेटका क्रममा उनले एमसिसीबारे उत्पन्न आशंका मेटाउन प्रयास गर्नुका साथै यो सम्झौता नेपालको हितमा रहेकाले कार्यान्वयनमा सहयोग गर्न आग्रह पनि गरिन्।

सुमारको नेपाल भ्रमण मिति नजिकिँदै गर्दा अर्थ मन्त्रालयले नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसिसीलाई पत्र लेख्दै नेपालमा जनस्तर तथा राजनीतिक तहमा उठेका प्रश्नबारे स्पष्ट पार्न आग्रह गरेको थियो। एमसिसीले सुमार नेपाल आउनु एक दिनपहिले सरकारले सोधेका प्रश्नको जवाफ पठाएको थियो।

नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका कतिपय दलका नेताले एमसिसीको जवाफ ढुलमुले रहेको टिप्पणी गरेका छन्। उनीहरूले सम्झौतामा संशोधन नगरी संसद्बाट पास गर्न नहुने मत राख्दै आएका छन्। एमसिसीले सरकारलाई पठाएको जवाफमा भने सम्झौतामा संशोधन गर्न नसकिने उल्लेख गरेको छ। सुमारसँग भेटपछि पनि राजनीतिक दलका शीर्ष नेताहरूले एमसिसीका बारेमा राष्ट्रिय सहमति नबनाई र संशोधन नगरी अघि बढाउन नहुने धारणा राख्दै आएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।