२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

कांग्रेसमा पौडेल पक्ष सशंकित, बोलायो पार्टी कार्यालयमा आफ्नो समूहको बैठक

कांग्रेसमा पौडेल पक्ष सशंकित, बोलायो पार्टी कार्यालयमा आफ्नो समूहको बैठक
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस संस्थापन इतरसमुहको बैठक बस्ने भएको छ । बैठक सोमबार दिउसोँ २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो ।  वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न लागि बैठक बोलाएको कांग्रेस संस्थापन इतरसमुहका एक नेताले जानकारी दिए । पौडेलले २० जिल्लाको क्रियाशील सदस्यता विवाद, महाधिवेशनको निष्पक्षता लगायतका विषयमा छलफल गर्न बैठक राखेका बुझिएको छ ।

२० जिल्लामा क्रियाशील सदस्यता विवाद नटुंगिदा अधिवेशनको कार्यतालिका नै संशोधन गरिएको छ । ५७ जिल्लामा भदौ १८–२५ गतेभित्र वडा अधिवेशन भएपनि २० जिल्लाको क्रियाशील सदस्यता नामावली नै सार्वजनिक भएन । उक्त जिल्लामा असोज ५ गते वडा अधिवेशन तोकिएको छ । तर क्रियाशील सदस्यताको विवाद झै पनि टुंगिएको छैन ।

यस्तै विवादकाबीच सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भने वडा अधिवेशन सम्पन्न भएको छ । डडेल्धुराको वडा अधिवेशनको घटनाले महाधिवेशन निष्पक्ष हुनेमा पौडेल पक्ष सशंकित देखिएको छ ।