• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

ग्रामीण क्षेत्रका जनता खोपबाट वञ्चित: मुख्यमन्त्री राउत



फाईल फोटो

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण क्षेत्रका जनता कोरोना भाइरस (कोभिड–१९) विरूद्धको खोपबाट वञ्चित भएको बताउनुभएको छ ।

मुख्यमन्त्री राउतले पहुँच हुनेले मात्र खोप लगाएको पाइएको बताउनुभयो । अष्ट्रेलियाली सरकारको आर्थिक सहयोग, आड्रा नेपालको प्राविधिक सहयोग तथा बागमती सेवा समाजको सहजीकरणमा प्रदेशको आठवटै जिल्लामा कोभिड–१९ विरूद्धको खोप सुदृढीकरणमा जारी घुम्ती खोप सेवाको निरन्तरता दिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले सो धारणा व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले खोपको पहुँच बढाउन सञ्चालित यो परियोजनाको कामको प्रशंसा गर्नुभयो । परियोजनाअन्तर्गत गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा बिरामीलाई घरघरमै गएर खोप लगाइँदैछ । बालबालिकालाई पनि आगामी दिनमा यस्तै घुम्ती सेवा सञ्चालन गर्नुपर्ने मुख्यमन्त्री राउतले बताउनुभयो ।

खोप लगाउनबाट वञ्चित भएका एक लाख व्यक्तिलाई घरमै पुगेर खोप लगाउने परियोजनाको लक्ष्य रहेको बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीले हालसम्म चार जिल्लाका ३८ हजार बढी व्यक्तिलाई खोप लगाइएको र बाँकी चार जिल्लामा आजैदेखि खोप सेवा सुरू गरिएको बताउनुभयो ।