• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

दुई विधेयक दफावार छलफलका लागि समितिमा



काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ दफावार छलफलका लागि समितिमा पठाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्नुभएको थियो । बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।