१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

निरन्तरता पाइरहेको योजना बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण

निरन्तरता पाइरहेको योजना बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद धर्मशीला चापागाईंले सरकारले निरन्तरता पाइरहेको योजना पनि बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उहाँले द्वन्द्वपीडित बच्चा पढाइरहेको बच्चाका लागि भएको बजेटसमेत कटाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “वर्षौंदेखि निरन्तरता पाएको योजनाको बजेट पनि कटाइएको छ, द्वन्द्वपीडितको बच्चा पढाउने बजेटसम्म विनियोजन भएन, त्यो बच्चा पढाउनु राज्यको दायित्व हो कि होइन, मलाई जवाफ चाहिन्छ ।”

उहाँले बजेट निर्माण गर्दा संविधानले दिएको अधिकार प्रयोग गरेर आफूले बजेटका लागि योजनाहरु प्रस्तुत गरेको र त्यसका लागि विभागीय मन्त्रालयदेखि राष्ट्रिय योजना आयोग र अर्थमन्त्रीलाई पनि भेटी कुरा राखेको तर एउटामा बजेट विनियोजन नभएको संसद्समक्ष जानकारी गराउनुभयो । सांसद थममाया थापाले ललितपुरमा एक बालिका बलात्कारको घटनाको निष्पक्ष छानबिन र अनुसन्धान गर्नुपर्ने माग गर्नुभयो ।

सांसद मीनबहादुर विश्वकर्माले शेयर बजारले वित्तीय क्षेत्रलाई अप्ठ्यारो अवस्था आएको हुनाले सरकारले ५० लाख व्यवसायी आबद्ध भएको उक्त शेयर बजारप्रति ध्यान दिएर आमरण अनशनमा बसेको व्यक्तिको जीवन बचाउन सरकारसँग आग्रह गर्नुभयो । सांसद यज्ञबहादुर बोगटी र रेखाकुमारीले देशका विभिन्न भागमा हत्या, हिंसाको घटना भइरहेकाले सरकारले शान्तिसुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।