२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

निरन्तरता पाइरहेको योजना बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद धर्मशीला चापागाईंले सरकारले निरन्तरता पाइरहेको योजना पनि बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उहाँले द्वन्द्वपीडित बच्चा पढाइरहेको बच्चाका लागि भएको बजेटसमेत कटाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “वर्षौंदेखि निरन्तरता पाएको योजनाको बजेट पनि कटाइएको छ, द्वन्द्वपीडितको बच्चा पढाउने बजेटसम्म विनियोजन भएन, त्यो बच्चा पढाउनु राज्यको दायित्व हो कि होइन, मलाई जवाफ चाहिन्छ ।”

उहाँले बजेट निर्माण गर्दा संविधानले दिएको अधिकार प्रयोग गरेर आफूले बजेटका लागि योजनाहरु प्रस्तुत गरेको र त्यसका लागि विभागीय मन्त्रालयदेखि राष्ट्रिय योजना आयोग र अर्थमन्त्रीलाई पनि भेटी कुरा राखेको तर एउटामा बजेट विनियोजन नभएको संसद्समक्ष जानकारी गराउनुभयो । सांसद थममाया थापाले ललितपुरमा एक बालिका बलात्कारको घटनाको निष्पक्ष छानबिन र अनुसन्धान गर्नुपर्ने माग गर्नुभयो ।

सांसद मीनबहादुर विश्वकर्माले शेयर बजारले वित्तीय क्षेत्रलाई अप्ठ्यारो अवस्था आएको हुनाले सरकारले ५० लाख व्यवसायी आबद्ध भएको उक्त शेयर बजारप्रति ध्यान दिएर आमरण अनशनमा बसेको व्यक्तिको जीवन बचाउन सरकारसँग आग्रह गर्नुभयो । सांसद यज्ञबहादुर बोगटी र रेखाकुमारीले देशका विभिन्न भागमा हत्या, हिंसाको घटना भइरहेकाले सरकारले शान्तिसुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।