२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

पालिकाको नयाँ काम, गाई संरक्षण गर्न गौशाला सञ्चालन

पालिकाको नयाँ काम, गाई संरक्षण गर्न गौशाला सञ्चालन
फाइल तस्वीर
अ अ+ अ-

रामपुर । उत्पादन दिन छोडेपछि घरमा पालिएका गाईको हेलत्व हुन्छ । त्यसपछि स्थानीयले नै सार्वजनिकरुपमा छोडिदिन्छन् । देशका अन्य भूभागमा जस्तै रामपुरमा पनि छ यो प्रचलन । यी छाडा गाइको संरक्षणमा जुटेको छ अहिले रामपुर नगरपालिका । यो काम धेरैले रुचाएका छन् र अरुका लागि पनि अनुकरणीय बनेको छ । नगरपालिकाले गाईको संरक्षणका लागि गौशाला सञ्चालनमा ल्याएको छ । 

कालीगण्डकी तटमा अवस्थित तातोपानी धाम लक्ष्मीनारायण मन्दिर अगाडि करिब सात रोपनी क्षेत्रफलमा पक्की पर्खालले घेराबार गरी व्यवस्थित तरिकाले गाई संरक्षण भइरहेको छ । 
      
गौशाला सञ्चालनमा आएसँगै यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । कालीगण्डकी नदी स्नान गरी यहाँ रहेको लक्ष्मीनायण मन्दिर तथा गौशालाको दर्शन गर्ने प्रतिदिन बढ्दैछन् । विभिन्न धार्मिक, सांस्कारिक कार्यमा यहाँको गौशाला प्रयोगमा आएको छ भने गौशलाकै अवलोकनका लागि पनि धेरै मानिस आउन थालेका छन् । 
भौगोलिक हिसाबले पनि उत्तम रहेको यस क्षेत्रमा गौशाला प्रयोगमा आएपछि तीर्थालु पनि बढ्दै गएको पाइएको छ । कालीगण्डकीको रमणीय दृश्यसँगै रमाउँदै गौशाला अवलोकन गर्ने युवापुस्ताको पनि उपस्थिति देखिन्छ । पाका मानिस गाईको हिन्दू संस्कारसँग जोडिएर आउने गरेका छन् भने युवापुस्ता गौशालाको अवलोकनमा आउँछन् ।
       
रामपुरका छाडा छाडिएका गाई भित्रिएर बालीनाली खाएर स्थानीयलाई हैरानी बनाएका थिए । यहाँ दिनहुँ १०÷१५ वटा छाडा गाई किसानको खेतबारीमा पसेर एकैपटक बालीनाली खाइदिने गरेपछि आफँैले छोडेका गाइदेखि स्थानीय आत्तिए । तरकारी तथा अन्य अन्नबाली छाडा पशु चौपायाले खाएर लगानी नै उठाउनै नसकिएको अवस्था पनि किसानले भोग्नुप¥यो ।
       
अहिले व्यवस्थितरुपमा गौशाला निर्माण गरी गाई व्यवस्थापन गरिएपछि छाडा गाईको समस्याबाट स्थानीय मुक्त भएको गौशाला भवन निर्माण समितिका संस्थापक अध्यक्ष ओमप्रकाश रेग्मीले बताउनुभयो । 
       
उहाँ भन्नुहुन्छ, “समूहमै आउने छाडा पशु चौपायाले खेतबारीमा पसेर बालीनाली नै सखापै बनाउथे, तरकारी, अन्नबाली, फलफूल खाएर उत्पादन पनि लिन पाइने नपाइने पिरलोले सताउँथ्यो, अब व्यवस्थित रुपमा गौशाला तयार गरी गाई बाँध्न थालेपछि छाडा पशु चौपायाको समस्या टरेको छ ।” 

हाल यहाँ समितिको मातहतमा १४० गाई छन् । अहिले भने यही गौशलाबाटै ३० ओटा गाई स्थानीयले घरमा लगेर पाल्न थालेका छन् । तीन ओटा गोठको संरचनामध्ये दुई वटामा गाई बाँधिएको छ भने एउटा दानापानी, पशुआहारको व्यवस्थापन गरिएको छ । हाल ११० गाई रहे पनि १५० सम्म गाई अट्ने संरचना निर्माण गरिएको छ ।
       
विसं २०७६ फागुन ९ गते शिवरात्रि पर्वको अवसर पारी गौशालामा ७५ वटा गाई बाँधिएको हो । गौशाला स्थापना र सञ्चालनका लागि फागुन १२ देखि २० गतेसम्म सञ्चालन गरिएको गौ संरक्षण तथा गौशाला व्यवस्थापन सहयोगार्थ श्रीमद्भागवत महायज्ञबाट नगद रु ५० लाख, जग्गा तथा जिन्सी रु एक करोड गरी जम्मा रु एक करोड ५० लाख सहयोग जुटेको थियो ।
       
गौशाला निर्माणका लागि रामपुर नगरपालिकाबाट आर्थिक वर्ष २०७५÷०७६ मा रु २० लाख, आव ०७६÷०७७ मा रु २५ लाख, आव ०७७÷०७८ मा रु २५ लाख, लुम्बिनी प्रदेश सरकारबाट आव ०७७÷०७८ मा रु सात लाख र पतञ्जली योग पीठद्वारा रु ११ लाख सहयोग प्राप्त रकमबाट विभिन्न भौतिक संरचना निर्माण गरिएको व्यवस्थापक नीलकण्ठ भण्डारीले बताउनुभयो ।
       
उहाँका अनुसार गाईको मलबाट हालसम्म रु दुई लाख ३८ हजार आम्दानी भएको छ भने जन्मदिनको उपलक्ष्यमा, वैतरणी दान, पितृतिथीबाट पनि सहयोग रकम जुटेको छ । गाईको सङ्ख्या बढिरहेको हुँदा सबैलाई व्यवस्थापन गर्न भने चुनौती थपिएको छ । पशुआहार, कुपोषण र किरा अटेर्नाको समस्या छ ।
       
“धेरै गाईलाई व्यवस्थापन गर्न समस्या परेको छ, दिनभर चरनका लागि अन्यत्र लगिन्छ, बिहान साँझ पराल, दाना, चोकर खुवाउन समस्या नै छ, सानो सानो सहयोग पनि जुटिरहेको छ तर दैनिक पशु आहारमा धेरै खर्च हुने हुँदा व्यवस्थापनमा सकस छ”, व्यस्थापक भण्डारीले भन्नुभयो ।
       
छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न, धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गौशाला सञ्चालनमा ल्याइएको गौशाला व्यवस्थापन समितिका अध्यक्ष तथा रामपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ । नगरपालिकाले मात्रै खर्च व्यवस्थापन गर्न नसक्दा पशु आहारमा समस्या परेको अध्यक्ष न्यौपानेको भनाइ छ ।
       
गाई व्यवस्थापनका लागि एक जना व्यवस्थापकसहित पाँच हेरालु राखिएको छ । रामपुर नगरपालिका वडा नं ६ विजयपुर बजारमा केही समय छाडा छाडिएका गाई अस्थायी टहरा बनाएर व्यवस्थापन गरिएको थियो । गौशालामा संरचना तयार भएपछि व्यवस्थितरुपमा गाई बाँध्न थालियो ।
       
गौशाला व्यवस्थापन समितिले रु पाँच हजार १०० शुल्क तिरेर आजीवन सदस्यता प्रदान गर्ने गरेको जनाएको छ । आजीवन सदस्यता लिएका व्यक्तिका परिवारबाट ल्याइएका गाईलाई गौशालामा समितिले राख्ने गरेको छ । 
       
गौशालाको आजीवन सदस्य बन्ने प्रावधान छ । यसका लागि स्थानीयले रु पाँच हजार १०० तिर्नुपर्छ । यस्ता सदस्यले आफूले घरमा पाल्न नसकेर गाई गौशालामा लानुप¥यो भने थप रु तीन हजार तिर्नुपर्छ । यदि कसैले गौशालाबाटै गाई लगेर पाल्न चाह्यो भने निःशुल्क लैजान सक्छ, तर उसले गौशालामा नै फिर्ता गर्नुप¥यो भने पुनः रु तीन हजार तिरेर छोड्नुपर्छ । 

समितिले अहिलेसम्म विभिन्न ठाउँबाट ल्याइएका गाईलाई गौशालामा व्यवस्थापन गर्दै आएको छ । गौशाला व्यवस्थापनका लागि आजीवन सदस्यता वितरण पनि एक स्रोत बनेको छ । अहिलेसम्म यसरी गौशालामा ३६ जनाले गाई ल्याएका छन् । 
       
विसं २०२८ मा खगेन्द्र कँडेल ९आमाजी० को पहलमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेपछि यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालियो । लक्ष्मीनारायण मन्दिर वैष्णव त्रिवेणीधाम मातहतको हो । अहिले पनि मन्दिरका नाममा मन्दिर परिसरमा १० रोपनी जग्गा ९चौध रोपनी खेत० सहित गुठी छ । 
       
पवित्र कालीगण्डकी नदीसँगै जोडिएको यस लक्ष्मीनारायण मन्दिर, गौशालाले रामपुरको धार्मिक पर्यटन विकास हँुदै गएको मन्दिर व्यवस्थापन सञ्चालक समितिका सदस्य पिताम्बर भण्डारी बताउनुहुन्छ ।
       
“कालीगण्डकी स्नान गरी लक्ष्मीनारायण मन्दिरमा पूजाआजा गर्ने  र गौशालामा पुगेर गाईको दर्शन गरेपछि मात्र भक्तजन पmर्कनुहुन्छ, गौशाला बनाइएपछि यस क्षेत्रमा धार्मिक चहलपहल बढेको छ”, उहाँले भन्नुभयो । गौ रक्षका निम्ति पनि यहाँको गौशाला एक उदाहरण बनेको छ । 

हिन्दू वैदिक सनातन धर्ममा गाईको महत्व धेरै छ । हिन्दूहरुले गर्ने कर्मकाण्डमा पनि गाईको गोबर, मूत्र र दूधलाई पवित्र वस्तुका रुपमा प्रयोग गरिन्छ । (रासस)