२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नियमित योगले राष्ट्रसेवक कर्मचारीमा ऊर्जा प्रदान गर्ने’



अ+ अ-

काठमाडौँ । गृहमन्त्री खाणले नियमित योग तथा प्रणायामले मुलुकको शान्ति र सुव्यवस्थामा परिचालित हुने राष्ट्रसेवक कर्मचारीलाई पनि ऊर्जा प्रदान गर्ने बताउनुभएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले हल्चोकस्थित रङ्गशालामा आयोजना गरेको कार्यक्रममा उहाँले नियमित योगाभ्यासले स्फूर्ति प्रदान गर्ने हुँदा यसको अभ्यास गर्ने सुरक्षाकर्मीमा शान्ति र सुव्यवस्था कायम गर्न मनोबल वृद्धि हुने उल्लेख गर्नुभएको हो ।

विज्ञान र प्रविधिको विकासको गतिसँगै मानिसको जीवन झन व्यस्त हुँदै गइरहेकाले जीवनयापनमा सहजता ल्याउन योगले मद्दत पु¥याउने बताउँदै गृहमन्त्री खाणले योग र व्यायामले स्वस्थ मन र स्वस्थ शरीर बनाइराख्न मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो ।‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर आज मनाइएको आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट अफ लिभिङको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम, सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष अनिता अर्याललगायतको सहभागिता थियो ।