७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बर्खामा सधैँ डुब्छ कपन

बर्खामा सधैँ डुब्छ कपन
अ+ अ-

काठमाडौँ । हरेक वर्ष बर्खा सुरु भएसँगै कपनका विभिन्न स्थान डुबानमा परेको खबर बारम्बार सुन्ने गरिन्छ । वर्षेनी यो समस्या कपनवासीका लागि नियति नै बन्न पुगेको छ । कपन क्षेत्रदेखि गोपीकृष्ण, मिलनचोक, भृकुटीचोक, तेन्जिङचोकलगायतको क्षेत्र हरेक वर्ष डुब्ने गरेको छ । विकासको नाममा स्काभेटर प्रयोग गर्दा हरेक वर्ष जताततै यी क्षेत्रमा ठूला–ठूला खाल्डा र जताततै भत्किएको छ ।

कहिले सडक, कहिले ढल, कहिले खानेपानीको नाममा कपनबासीले अव्यवस्थित ढलसँगै आएको बाढीको समस्या बेर्होदै आइरहेका छन् । अव्यवस्थित ढल र ढलसँगै बग्ने पानीको मात्रा धेरै भएपछि ढलको बिर्को भत्किएर जताततै दुर्गन्धितसमेत हुँदै आएको छ । मिलनचोक, गोपीकृष्ण हल सरस्वतीनगरलगायत आसपास क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आउने बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका हुन् ।

वर्षासँगै बगेको पानीको उचित कटान नहुनु तथा ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारणले पनि यस क्षेत्र जलमग्न बन्ने गरेको हो । पानी परेपछि चाबहिलको मालपोत कार्यालय नजिक ढल भत्किएर सडकबाट पानीको मुस्लो निस्कने गरेको छ । त्यहाँ नहरमा झैँ पानी बग्ने गरेको छ । मालपोत कार्यालयले नै यो दुर्दशा वर्षौंदेखि खेप्दै आइरहेको छ । कालोपत्र गरेको सडक ढलको पानीले भत्काइसकेको छ । कपन प्रवेश गर्ने गोपीकृष्णसँगैको सडकको मुखैमा ठूला–ठूला खाल्डो बनेका छन् ।

अव्यवस्थित ढलका कारण गत असोजमा बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेका १० वर्षीय उज्ज्वल विकको मृत्युसमेत भएको थियो । बालकको शव पाँच दिनपछि ललितपुरको वाग्मती गाउँपालिका–१ घुसेलको वाग्मती नदी किनारमा फेला परेको थियो ।अव्यवस्थित ढल कपनवासीको लागि पासो बन्ने गरेको छ । कहिलेसम्म हामीले यो नियति भोग्नुपर्ने हो कपनका व्यवसायी दीपक नेपालीको प्रश्न छ । त्यतिमात्रै होइन वर्षासँगै आउने भेलका कारण मिलनचोकले धेरै मोटरसाइकल, साइकल र टेम्पो बगाएको छ । धेरैले तरकारी, कपडा, जुत्ताचप्पलको व्यवसाय गर्दै आएका ठेलगाडा पनि बगाएको छ । मिलनचोकमा पानि परेपछि सडक र पसलबाट खोलो नै बग्ने गरेको छ । स्थानीयवासी सडकसमेत पार गर्न सक्दैनन् ।

हरेक वर्ष यस क्षेत्रमा बाढी आउने गरेको भए पनि नजिकैको स्थानीय सरकारले सो विषयमा थाहा पाएर पनि नपाएझँै गर्ने गरेको स्थानीयवासीको आरोप छ । यहाँको यो समस्या समाधानका लागि कहिले उचित र छिटो काम होला भन्ने दिनगन्दै कपनवासी पर्खिरहेका छन् । सडकमा भएका ठूल्ठूला खाल्डासमेत भरिएर आउने बाढीका कारण मोटरसाइकल तथा अन्य सवारी साधनसमेत धेरै पटक दुर्घटनामा पर्ने गरेका छन् । भृकुटीचोकदेखि मिलनचोकमा प्राय यो घटना देखिने स्थानीयवासी हरिशरण दुलाल बताउनुहुन्छ ।

घुँडासम्म आउने ढलको पानीमा सर्वसाधारण पैदल हिँड्न बाध्य छन् । हातमा जुत्ता बोकेर पैदल हिँड्नुपर्ने अवस्था छ । कतिपयलाई त सोही बाढीले बगाउने पनि गर्दछ । कपनवासीले यस्तो समस्या वर्षौंदेखि खेप्दै आएका हुन् । धेरैपटक स्थानीयवासीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग सडक मर्मत तथा स्तरोन्नतिका लागि माग नगरेका पनि होइनन् तर हुन्छ भन्ने, काम नगर्ने प्रवृत्तिले हैरान भएको उनीहरुको गुनासो छ । ठूलो पानी पर्दा सडकमा खोला नै बग्छ । पानी र हिलोले पुरेको खाल्डोे कता छ भनेर थाहा नपाउँदा धेरैपटक साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन् ।

कपनको सडक हुँदै गुड्ने मोटरसाइकल, साइकल, स्कुटरमा यात्रा गर्नेलाई त निकै समस्या छ । कता खाल्डो छ भन्ने थाहा नपाउँदा दुर्घटनासमेत हुने गरेको छ । कपन मिलनचोक नजिक बस्ने दिलीप चौधरी सडकमा बगेको पानी देखाउँदै भन्नुहुन्छ, “यहाँ कहाँ सडक छ ? यहाँबाट पार कसरी गर्ने ? यस्तो दुर्दशा कहिलेसम्म सहने ? यी समस्या भन्दै गर्दा चौधरी चिन्तित देखिनुहुन्थ्यो ।”

कपनको मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था पनि नाजुक छ । लामो समयदेखि खनेको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लोबाटो माथि बग्ने पानीको भलले यहाँका बासिन्दा आजित बनेका छन् । यातायातका साधन पनि प्राय अवरुद्ध हुने गर्दछ । कपन चौकी हुँदै मिलनचोक तरकारी बजारबाट साततले पानीको भेलले चार ठाउँमा सडक अवरुद्ध हुने गरेको छ । हरेक वर्ष बर्खा आउँछ, सडक बगाउँदा पनि सरकारी बेवास्ताका कारण यहाँका व्यवसायी र स्थानीय चिन्तित बनेका छन् ।

यस्ता समस्याको समाधान नुहँदा व्यवसाय नै चौपट भएको उनीहरुको गुनासो छ । गुनासो भए पनि सुनेर माग सम्बोधन गर्ने कोही नभएपछि उनीहरुको आक्रोश झन् बढी देखिन्छ । सडकको सास्तीले दिनहुँ हैरानी खेप्नुपरेको स्थानीयवासीको समयमै सडक बनाएर ढलको उचित व्यवस्थापन गर्नुपर्ने र यस्ता समस्याको समाधान गर्नुपर्ने माग छ । जनप्रतिनिधिको बेवास्ताले कपनवासीको मागको सम्बोधन नभएको उनीहरुको गुनासो छ । सरकारले यस विषयमा उपयुक्त निर्णयका साथ उचित समाधान गर्नुपर्ने कपनवासीको तर्क छ । रासस