१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रह्योः ओली

सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रह्योः ओली
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पु¥याएको दावी समेत गर्नु भयो । मंगलबार पूर्वराजदुतहरुको समूहले काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका डेमोक्रेसीमा हुँदै नहुने गतिविधिहरुमा सरकार संलग्न भईरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरुबीच राष्ट्रिय सहमतीका साथ अघि बढनुपर्ने अवस्थामा सरकारले त्यसो नगरीरहेको अध्यक्ष ओलीको भनाई थियो । अध्यक्ष ओलीले प्रधानमन्त्री अन्तराष्ट्रिय मञ्चहरुमा जाँदा, अन्य देशको भ्रमणमा जाँदा विगतमा प्रतिपक्षसँग, विज्ञहरुसँग छलफल हुने गरेको उल्लेख गर्दै वर्तमान सरकारले भने त्यो काम पनि गर्न नचाहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नु भयो, ‘यो सरकार बनेपछि सिम्पली भन्ने हो भने संवाद छैन । २०४६ साल पछि यस्तो संवादहिनता कुनै पनि विषयमा प्रतिपक्ष त कन्सिच्यूसन्नली प्रतिपक्ष हो नि । यो सँग कुनै परामर्श पनि नगर्ने र सबै कुरा गोप्य राखिने र प्रतिपक्षका विरुद्ध जाने खालका कुराहरु यस्तो डेमेक्रेसीमा हुँदैन । यो संवादहिनताको स्थिति अरु धेरै कुराहरु म भन्न चाहन्न । त्यसकारण तपाईहरुले जे कुरा उठाउनु भएको छ । त्यसमा खाली शब्दमा मात्रै होईन सहमती । यसको रुटकस कहाँनिर हो ? सहमती किन बनिराखेको छैन ? किन संवाद भईराखेको छैन ? जस्तो प्रधानमन्त्री बाहिर जानुभन्दा अगाडि त प्रतिपक्षसँग त परामर्श हुन्थ्यो नै । त्यो त अनिवार्य नै कुरा हो । प्रतिपक्ष भनेको एउटा बैकल्पिक सरकार हो । सरकारमा जानका लागि तयारी शक्ति हो भनेर मानिन्छ । त्योसँग त परामर्श गर्नु पर्छ नै । साथसाथै विज्ञहरुसँग परामर्श गर्ने हाम्रो चलन थियो ।

हामी जहिले पनि प्रधानमन्त्री बाहिर जान्छ भने यूएनमा जानुभन्दा अगाडि, अरु त्यस्तो फोरमहरुमा जानुभन्दा अगाडि अथवा कुनै देशको भ्रमण गर्नु भन्दा अगाडि किन जाँदैछ ? त्यहाँ गएर के गर्छ ? भन्ने कुरामा छलफल गरिन्थ्यो र कसरी जाऊ, केके गरौं भनेर परामर्श गरिन्थ्यो । यसो भएको छैन यो एउटा अलि गम्भिर कुरा हो । तर यो मेरो डिमान्ड होइन । नगरी चलाउनु हुन्छ भने चलाउनुस्न । लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतीको नयाँ डेफिनेशन गर्नु हुन्छ भने ठिक छ ।’

अध्यक्ष ओलीले सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो गुनासो भने नरहेको बताउनु भयो । लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतीको नयाँ डेफिनेशन गर्नु हुन्छ भने प्रतिपक्षसँग परामर्श नगरी सरकार चलाए हुने उहाँले बताउनु भयो ।